एप्पलले २०२३ को लागि टीएसएमसीको ३एनएम चिप्सको सम्पूर्ण आपूर्ति किन्ने, संसारमा सबैभन्दा उन्नत चिप्स

  • Technology Khabar | १९ भाद्र २०८०, मंगलवार
एप्पलले २०२३ को लागि टीएसएमसीको ३एनएम चिप्सको सम्पूर्ण आपूर्ति किन्ने, संसारमा सबैभन्दा उन्नत चिप्स

काठमाडौं ।

एप्पल संसारको सबैभन्दा ठूलो टेक्नोलोजी कम्पनीहरू मध्ये एक भएर पनि अझै बाहिरी उत्पादनमा निर्भर हुनु परेको उल्लेख छ। कम्पनीसँग सम्भवतः विश्वको उत्कृष्ट इन्जिनियरिङ टोली हुनुका साथै यसको आर एन्ड डी विभाग अतुलनीय भएको जनाइएको छ। यद्यपी यी टोलीहरू उत्पादनको डिजाइनमा बढी केन्द्रित हुने गरेको उल्लेख गरिएको छ। तसर्थ, अमेरिकी टेक जायन्ट प्रायः फक्सकन, टीएसएमसी, सामसङ र बीओई जस्ता अन्य निर्माताहरूसँग विभिन्न मुद्दाहरूमा सहकार्य गर्ने गरेको उल्लेख छ। यसै क्रममा एप्पलले टीएसएमसी बाट ३एनएम चिप्सको सम्पूर्ण आपूर्ति खरिद गर्ने योजना बनाएको अफवाह आएको गीज्मोचाइनाले उल्लेख गरेको छ।

एप्पलले संसारको सबैभन्दा उन्नत चिप्स मानिएको टीएसएमसीको ३एनएम चिप्सको सम्पूर्ण आपूर्ति किन्ने
एप्पल र टीएसएमसी बीचको सहकार्य बलियो हुँदै गइरहेको जनाइएको छ। हालैका रिपोर्टहरू अनुसार दुई कम्पनीहरूले ३एनएम चिपहरूका लागि एक प्रमुख सम्झौतामा हस्ताक्षर गरेका उल्लेख छ। सम्झौताका अनुसार उक्त ३एनएम चिपहरू दुबै ए१७ बायोनिक र एम३ प्रोसेसरहरूमा प्रयोग गरिने जनाइएको छ। ए१७ बायोनिकले आगामी आईफोन १५ प्रो मोडेलहरूलाई पावर दिने (संचालन गर्ने) छ भने एम३ प्रोसेसरहरूलाई अर्को पुस्ताको म्याकबुकहरूको मुटु मानिएको छ।। एप्पलले सन् २०२३ मा उत्पादन हुने ३एनएम चिप्सको ठूलो भाग खरिद गरिसकेको उल्लेख छ। साथै केही स्रोतहरूले भने उक्त खरिद ९० प्रतिशितमा आधारित रहेको बताएको उल्लेख छ। र अब सो संख्या शतप्रतिशत पुगेको जनाइएको छ।

त्यसैगरी डिजीटाइम्सको एक रिपोर्टमा आधारित रहेको अफवाले उद्योग स्रोतहरुलाई उद्धृत गरेको जनाइएको छ। एप्पलले सन् २०२३ को लागि टीएसएमसीको सबै ३एनएम क्यापसिटी बुक गरिसकेको रिपोर्टमा भनिएको भनी जनाइएको छ। यदि उक्त अफवाह सत्य भएको खण्डमा भने एप्पलको लागि यो ठूलो सफलता हुने उल्लेख छ। साथै यसले कम्पनीलाई सबैभन्दा शक्तिशाली र प्रभावकारी चिपहरू विकास गर्ने दौडमा आफ्ना प्रतिद्वन्द्वीहरूमाथि महत्त्वपूर्ण फाइदा दिने जनाइएको छ। त्यसैगरी एप्पललाई विश्वव्यापी स्मार्टफोन बजारमा आफ्नो नेतृत्व कायम राख्न पनि अनुमति दिने थप उल्लेख गरिएको छ।

टीएसएमसीको ३एनएम चिप्सले आफ्नो पूर्ववर्तीहरूले भन्दा धेरै फाइदाहरू प्रदान गर्ने जनाइएको छ। टीएसएमसीको ३एनएम चिप्समा वृद्धी गरिएको ट्रान्जिस्टर डेनसिटि, कम बिजुली खपत, सुधारिएको प्रदर्शन र नयाँ फिचर्स (सुविधाहरू) को लागि समर्थन समावेश गरिएको उल्लेख छ। साथै यी फाइदाहरूले ३एनएम चिप्सलाई स्मार्टफोन, ट्याब्लेट, ल्यापटप, सर्भर र सेल्फ ड्राइभिङ कारहरू समेतका वाइड रेञ्ज एप्लिकेसनहरूका लागि आशाजनक प्रविधि बनाउने उल्लेख गरिएका छ।

प्रकाशित: १९ भाद्र २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार