टेस्लाको रिफ्रेस्ड मोडल ३ अनावरण, नयाँ एलईडी ल्याम्प र थप रेञ्ज

Technology Khabar १९ भाद्र २०८०, मंगलवार

काठमाडौं ।

ईभी बजारलाई सटर्ममा लिएको वर्षौं पश्चात टेस्लाको मोडेल ३ को भर्खरैको अद्यावधिकहरू सहित मेनस्ट्रीम क्राउड (मुख्यधाराको भीड) लाई जित्न तयार भएको छ। आन्तरिक रूपमा प्रोजेक्ट हाईल्याण्ड भनेर कोडनाम राखिएको रिभ्याम्पड् (परिमार्जीत) मोडल ३ ले हाई–टेक र डेली (दैनिक) ड्राइभबिलिटी बीच सन्तुलन कायम गर्ने लक्ष्य राखेको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

नयाँ टेस्ला मोडल ३ डिस्टिंक्ट (फरक) र किल्नर लुक रहेको छ
टेस्लाले मोडल ३ को डिजाइनलाई राम्रोसँग ट्युन गरेको उल्लेख छ। मोडल ३ को फ्रन्ट इन्डमा नयाँ क्यारेक्टर लाइनहरूका साथै थप आधुनिक हेडल्याम्प हाउसिङ रहेको हुनाले यसलाई सफा देखिएको र युटिलिटेरियन लुक पनि प्रदान गरेको उल्लेख छ। त्यसैगरी हुडसम्म तीखा रेखाहरू फैलिएको र यसले कारलाई स्टाइलिश र फङ्गसनल (कार्यात्मक) दुवै देखाएको जनाइएको छ। टेस्ला लोगोले रियर इन्ड (पछाडिको भाग) मा प्रभुत्व जमाउने दिनहरू गएको र अब कम्पनीको नाम स्पेल्ड आउट गरेको र नयाँ आई–क्याचिङ्ग सी–सेप्डको टेललाइटहरू द्वारा फ्ल्याङ्क गरिएको उल्लेख छ।

त्यसै गरी लुक्समा मात्र फोकस नगरेर पर्फमेन्स (प्रदर्शन) तर्फ पनि ध्यान दिइएको उल्लेख छ। टेस्लाको इटालियन प्रेस विज्ञप्तिले राम्रो रेञ्ज (दायरा) र क्वाईटर राइड (शान्त सवारी) का लागि सुधार गरिएको एरोडायनामिक्समा रेखांकित गरेको जनाइएको छ। यी अद्यावधिकहरू हाल रियर–व्हील–ड्राइभ र लङ्ग–रेञ्ज (लामो–दायरा) संस्करणहरूको लागि उपलब्ध भएको जनाइएको छ। साथै यसले केवल प्राविधिक उत्साहीहरू वा विलासिता खोज्नेहरू भन्दा पनि दैनिक चालकहरूको बहुमतलाई लक्षित गरेको उल्लेख छ।

अल्ट्रा रेड र स्टेल्थ ग्रे जस्ता नयाँ कलर अप्सन्स् (रङ्ग विकल्पहरू) ले कारको मेनस्ट्रीम अपीलमा थपेको उल्लेख गरिएको छ। तर यो केवल एस्थेटिक मात्र नभएर टेस्लाले यसलाई उपभोक्ताहरूको वाइड रेञ्ज (विस्तृत दायरा) का लागि गो–टु इलेक्ट्रिक भेहिकल (विद्युतीय सवारी साधन) बनाउने रणनीतिक कदम चालेको जनाइएको छ।

इलेक्ट्रिक भेहिकल्स (विद्युतीय सवारीसाधनहरू) अपवादको सट्टा सामान्य हुने भविष्य तर्फ लम्कदा, टेस्लाको अद्यावधिक गरिएको मोडल ३ ले ईभीहरुलाई थप पहुँचयोग्य र औसत चालकलाई पनि आकर्षक बनाउन सक्ने उल्लेख छ। त्यसैगरी यो अब प्रारम्भिक अपनाउनेहरू र टेस्ला प्रशंसकहरूको लागि मात्र कार नभएर यो हरेक मानिसको रोजाइको इलेक्ट्रिक कार बन्न लागेको जनाइएको छ।

यो इलेक्ट्रिक कारमा वर्षको सबैभन्दा प्रतिक्षित ईभी हुन सक्ने निकै सम्भावना रहेको जनाइएको छ। त्यसैगरी उक्त एन्हान्समेन्टहरूको साथ टेस्लाले फराकिलो बजार कब्जा गर्न आफ्नो जाल फराकिलो गरेको हुन सक्ने उल्लेख गरिएको छ।

प्रकाशित: १९ भाद्र २०८०, मंगलवार

तपाइको प्रतिक्रिया