
काठमाडौं ।
टिपस्टर टेक_रेभले (@Tech_Reve) एक्स मार्फत सामसङ–सम्बन्धित नयाँ रिपोर्ट प्रस्तुत गरेको उल्लेख छ। यस पटकको उक्त नयाँ रिपोटमा मोबाइल हार्डवेयरको बारेमा उल्लेख गरिएको जनाइएको छ। सामसङले आफ्नो मिड–रेञ्ज (मध्य–दायरा) एक्सिनोस चिपसेटहरूको लागि एएमडी ग्राफिक्स प्रयोग गर्ने टिपस्टरले खुलासा गरेका छन् । साथै नयाँ जीपीयूहरू अर्को वर्षमा सके सम्म सिघ्र सामसङ मिडरेन्जरहरूमा देखा पर्ने उल्लेख छ।
सामसङको हाई–इन्ड एक्सिनोस २२०० एसओसीको जीपीयू एएमडीको आरडीएनए२ ग्राफिक्स आर्किटेक्चरमा आधारित रहेको र रे ट्रेसिङ जस्ता प्रविधिहरू ल्याउने भएकाले यी दुई कम्पनीहरू केही समयदेखिसँगै मिलेर काम गरिरहेका उल्लेख छ। अफवाहमा रहेको एमआरडीएनए सुरुमा एक्सिनोस १४३० र १४८० मा देखा पर्नुका साथै वीतुहरुको ईमेज–प्रोसेसिङ्ग पक्षमा बढी ध्यान केन्द्रित गर्ने उल्लेख गरिएको छ।
सामसङको मुख्य लक्ष्य भनेको गेमिङ पर्फमेन्स तर्फ मुख्य फोकस नगरेर आफ्नो बजेट डिभाइसहरूको मेसिन–लर्निङ्ग र ईमेज–प्रोसेसिङ्ग क्यापबिलिटिज सुधार हुने जीएसएमएरिनमा उल्लेख गरिएको छ।
प्रकाशित: १७ भाद्र २०८०, आईतवार