
काठमाडौं ।
ग्लोबल टेक्नोलोजी लिडर शाओमीले “स्योर-सट सेप्टेम्बर मेला” लिएर आएको छ। शुक्रबारबाट सुरु हुने गरी शाओमीले उक्त मेला लिएर आएको हाे।
अफर अन्तर्गत, ग्राहकहरूले तोकिएका रेडमी स्मार्टफोनहरूको प्रत्येक खरिदमा रोमाञ्चक रेडमी इयरफोनहरू निःशुल्क पाउने बताइएकाे छ।
अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर, मनु मनस्वीले भने, “हामी हाम्रा ग्राहकहरूले यस सेप्टेम्बरमा शाओमीको ‘स्योर सट सेप्टेम्बर मेला’ मार्फत प्राविधिक आनन्दको अनुभव गर्नुहोस् भन्ने चाहन्छौं। ग्राहकहरूको निरन्तर सहयोगले उहाँहरुलाई केहि प्रदान गर्न उत्प्रेरित गरेको छ, त्यसैले हामीले यो रोमाञ्चक अफरहरू ल्याएका छौं! हामीलाई विश्वास छ की यी अफरहरूले ग्राहकहरुको खरिदहरूमा मूल्य मात्र थप्ने छैन तर समग्र शाओमी अनुभवलाई निखार्ने छ।”
यो अफर अन्तर्गत रेडमी ए२ र ए२ प्लसको हरेक खरिदमा ग्राहकहरूले रेडमी इयरफोन निःशुल्क पाउने बताइएको छ। त्यसैगरी हरेक रेड्मी १२ सि को खरिद गर्ने ग्राहकहरूले निःशुल्क रेड्मी सोनिकबेस ब्लुटुथ इयरफोन प्राप्त गर्नेछन्। दुबै अफरहरू सेप्टेम्बर १ मा सुरु भएर सेप्टेम्बर
१५ मा समाप्त हुने उल्लेख छ।
अफर रेडमीका नेपालभरका रिटेल आउटलेटहरूमा उपलब्ध रहेको बताइएकाे छ। थप जानकारीका लागि नजिकैको शाओमी रिटेल आउटलेटमा अथवा https://www.mi.com/np मा लग इन गर्न सकिने छ।
प्रकाशित: १७ भाद्र २०८०, आईतवार