Technology Khabar १७ भाद्र २०८०, आईतवार
काठमाडौं ।
सोनीले बजारमा सोनी अल्फा ७सी आईआई र सोनी अल्फा ७सीआर नामक दुई नयाँ क्यामराहरू घोषणा गरेको छ। यसअघि सोनीले २९ अगस्टमा आफ्नो नयाँ क्यामरा लन्च गर्ने तयारी गरिरहेको छ भन्ने जानकारी सार्वजनीक गरिएको थियो।
सोनी अल्फा ७सी आईआईको स्पेसिफिकेसन्स् र मूल्य विवरण
सोनी अल्फा ७सी आईआई ३३एमपी एक्समोर आर सीएमओएस सेन्सरको साथ आउने जनाइएको छ। यसमा एक्सिलेन्ट ईमेज क्वालिटीको लागि बीआईओएनजेड एक्सआर प्रोसेसिङ्ग र एडभान्स्ड सबजेक्ट रेक्गनिसनको लागि समर्पित एआई प्रोसेसर रहेको उल्लेख छ। यसले ६०पी/५०पी सम्म ४के मुभी (चलचित्र) रेकर्डिङ र ५–एक्सिस अप्टिकल इमेज स्टेबलाइजेसन (स्थिरीकरण) प्रदान गर्ने जनाइएको छ।
त्यस्का साथै क्यामराले १२०एफपीएस (फ्रेम पर सेकेण्ड) डिस्प्ले सहितको हाई–रिजोल्युसन एक्सजीए ओएलईडी इलेक्ट्रोनिक भ्यूफाइन्डर पनि प्रदान गर्ने उल्लेख गरिएको छ।
अन्य फिचर्सहरूमा, एआई–बेस्ड अटो फ्रेमिङले (तपाइँलाई तपाइँको) विषयलाई स्वचालित रूपमा हाइलाइट गर्न फ्रेमिङ समायोजन गर्न अनुमति दिने जनाइएको छ। स्थायित्वलाई ध्यानमा राख्दै, म्याग्नेसियम अलोय चेसिसको साथमा क्यामराको डिजाइन धुलो र मोइस्चर– रेसिस्ट्यान्ट भएको जनाइएको छ। त्यस्का साथै सोनीको क्रिएटर्स एपमार्फत डिभाइसलाई स्मार्टफोनमा पनि सजिलै कनेक्ट (जडान) गर्न सकिने उल्लेख गरिएको छ।
सोनी अल्फा ७सी आईआई को ब्ल्याक र सिल्भर गरी दुई रङ्गहरूमा उपलब्ध भएको र यसको मूल्य २,१९९.९९ अमेरिकी डलर रहेको छ।
सोनी अल्फा ७ सीआर को स्पेसिफिकेसन्स् र मूल्य विवरण
सोनी अल्फा ७सीआर ६१एमपी एक्समोर आर ईमेज सेन्सर र बीआईओएनजेड एक्सआर प्रोसेसिङ्ग सहितको एक कम्प्याक्ट, हल्का वजनको क्यामरा हो। यस क्यामराले ७०–ई माउन्ट लेन्सहरूका साथमा ७ स्टेप्स (चरणहरू) को कम्पन्सेसन र कम्पेटेबिलिटी सहितको ५–अक्ष अप्टिकल इमेज स्टेबलाइजेसन प्रदान गर्ने जनाइएको छ। साथै क्यामराले १२०एफपीएस (फ्रेम पर सेकेण्ड) सँग एक्सजीए ओएलईडी इलेक्ट्रोनिक भ्यूफाइन्डरलाई समर्थन गर्ने उल्लेख छ।
सोनी ७सी आईआई जस्तै यस डिभाइसमा पनि एआई–बेस्ड अटो फ्रेमिङको साथ यसको फोकस ब्य्राकेटिङ्ग (इन्क्रेडिबल डेफ्थ अफ फोकसको साथ ईमेजहरू सिर्जना गर्नेछ), फोकस म्याप (भिडियो सुटिङका लागि डिस्प्ले एसिस्ट) र फ्लिकर सप्रेसन (सप्रेसन फ्रम अर्टिफिसियल लाईटेनिङ) समावेश रहेको उल्लेख छ। त्यस्का साथै यो डिभाइस ब्ल्याक र सिल्भर गरी दुई रङ्गहरूमा उपलब्ध भएको र यसको मूल्य ट्याग २,९९९.९९ अमेरिकी डलर रहेको छ।
यद्यपी क्यामराहरू खरिदका लागि भने अझै उपलब्ध हुन बाँकी नै भएको उल्लेख गरिएको छ। सोनी अल्फा ७सी आईआई सेप्टेम्बरमा उपलब्ध हुने उल्लेख गरिएको छ भने सोनी अल्फा ७सीआर अक्टोबरमा उपलब्ध हुने जनाइएको छ।
प्रकाशित: १७ भाद्र २०८०, आईतवार