
काठमाडौं ।
एप्पलकाे थ्रीडी प्रिन्टिङ परिक्षणले स्टील एप्पल वाच सिरिज ९ मोडलहरूको लागत घटाउने भएको छ। ब्लूमबर्गको रिपोर्टअनुसार एप्पलले आफ्नो वाच सिरिज ९ मोडलको स्टिल केसका लागि थ्रीडी प्रिन्टिङको परीक्षण गरिरहेको बताइएको हो।
कम्पनीले उत्पादनलाई तीव्रता दिन तथा लागत घटाउन लामो समयदेखि अनुसन्धान तथा विकास गर्दै आएको छ। औद्योगिक थ्रीडी स्टिल प्रिन्टरहरू अमेरिकी टेक जायन्टका लागि आवश्यक पर्ने समाधान हुन सक्ने उल्लेख छ। यो प्रविधि एप्पल वाच सिरिज ९ को उत्पादनमा प्रयोग गर्न सकिने मार्क गुरम्यानले उल्लेख गरेका छन्, जुन सेप्टेम्बर १२ मा आईफोन १५ कार्यक्रममा प्रस्तुत गर्ने तय गरिएको छ।
परम्परागत रूपमा, एप्पलले फोर्जिङ भनिने प्रक्रिया प्रयोग गरेर यसको स्टिल वाच मोडेलहरू उत्पादन गर्छ। यसमा फिनिस्ड प्रोडक्ट भन्दा थोरै ठूलो स्टिल ब्लकहरू क्रिएट गर्न समावेश रहेको बताइएको छ। त्यसपछि धातुलाई सीएनसी प्रयोग गरेर कट्स छोडेर आवश्यक आकारमा काटिने उल्लेख छ।
थ्रीडी प्रिन्टिङले भने, “पाउडर सब्सटेन्सेस” को प्रयोग गर्ने जुन हिट र प्रेसर प्रयोग गरेर फाइनल प्रोडक्टको नजिकको वस्तुमा आकार दिइन्छ। केसलाई अन्तिम रूप दिन आवश्यक केही अतिरिक्त मिलिङको साथ अन्तिम केस “स्टील जस्तै लाग्ने” गिज्माेचाइनाले उल्लेख गरेकाे छ।
भर्खरका रिपोर्टहरूका अनुसार एप्पल अझै पनि यसको एप्पल वाच मोडलहरूको लागि ३ डी प्रिन्टिङ परीक्षणको प्रारम्भिक चरणमा छ। यो नयाँ विधि फाइनल प्रोडक्टहरूमा प्रयोग हुन्छ कि हुँदैन भन्ने बारे भने अझै स्पष्ट छैन।
रिपोर्टमा एप्पलले थ्रीडी प्रिन्टिङका सम्भावित फाइदाहरूमा वेस्ट कम गर्ने तथा छिटो उत्पादन समयमा चासो राखेको उल्लेख छ।
यद्दपी, एप्पल मात्र स्मार्ट वाचहरूको लागि थ्रीडी प्रिन्टिङको प्रयोग अन्वेषण गर्ने कम्पनी भने हैन। सामसुङ र फोसिल जस्ता कम्पनीहरूले पनि आफ्ना स्मार्टवाचका लागि थ्रीडी प्रिन्टिङ प्रविधिहरू विकास गरिरहेका बताइएको छ। यो टेक्नोलोजीमा को नेतृत्वमा हुनेछ भन्ने बारे भने अहिले नै स्पष्ट छैन।
प्रकाशित: १६ भाद्र २०८०, शनिबार