सामसङ ग्यालेक्सी एस२४ अल्ट्राले स्न्यापड्रागन चिप्स मात्र प्रयोग गर्ने लीकस्टरको दाबी

Technology Khabar १६ भाद्र २०८०, शनिबार

काठमाडौं ।

आइस युनिभर्सको बुधबारको रिपोर्टमा सामसङले युरोपको लागि ग्यालेक्सी एस२४ सिरिजमा एक्सिनोस २४०० प्रयोग गर्ने उल्लेख गरेको थियो।

यसै क्रममा अर्को एक फरक लीकस्टर सेटसुना डिजिटलले भने आइस युनिभर्सको बुधबारको उक्त रिपोर्ट सही नभएको दावी गरेको र केवल ग्यालेक्सी एस २४ र एस २४ प्लसले मात्र सामसङ–डिजाइन्ड चिप प्राप्त गर्ने उल्लेख गरेको छ।

सबै बजारहरूका ग्यालेक्सीको लागि सामसङ ग्यालेक्सी एस २४ अल्ट्राले स्न्यापड्रागन ८ जेन ३ लाई प्रयोग गर्ने सेटसुनाले उल्लेख गरेको छ। साथै यसले अल्ट्रा र यसका साना सिबलिङस् (भाइबहिनीहरू) बीचको सम्बन्धलाई अझ स्पष्ट महसुस गराउने भनी जीएसएमएरिनामा उल्लेख गरिएको छ।

त्यसै गरी बुधबारको अर्को एक रिपोर्टले एस२४ अल्ट्राले बेस र्याम र स्टोरेज ८/१२८ जीबीमा सेटगर्नुका साथै म्याक्सिमम् स्टोरेज क्यापसिटि २टीबीमा बढाइनेछ (एस २३ अल्ट्रामा १ टीबी, न्यूनतम १२८ जीबी नभएर २५६ जीबी भएको) भनी उल्लेख गरेको छ।

भ्यानिला एस २४ र एस २४ प्लसले अन्ततः एलटीपीओ डिस्प्लेहरू अपनाउने अपेक्षा गरिएको उल्लेख छ। यद्यपी तिनीहरू (भ्यानिला एस२४ र एस२४प्लस) मा अल्ट्रा (२,२०० निट्स ब्राइटनेस हिट हुने अपेक्षा गरिएको) को भन्दा अझै पनि निम्न स्तरको हुने जनाइएको छ।

त्यस्का साथै अपग्रेड ३ एक्स टेलि क्यामरा (५० मेगापिक्सेल सेन्सरको साथ) र ६५ वाटको फास्ट चार्जिङ जस्ता चीजहरूले अल्ट्रालाई फेरि पनि अन्य दुई एस–फोनहरू भन्दा माथिको तहमा लाने उल्लेख गरिएको छ।

त्यसैगरी एक्सिनोस २४०० चिपमा कोर्टेक्स–एक्स४ सहितको १०–कोर सीपीयू, कोर्टेक्स–ए७२० को दुईओटा क्लस्टर र चारओटा ए५२० कोर हुने अपेक्षा गरिएको छ। जीपीयू भने एएमडी (आरडीएनए २ टेकमा आधारित, आरडीएनए ३ पहिले नै उपलब्ध छ) सँग सह–विकसित एक्सक्लिप्स ९४० हुने जनाइएको छ।

त्यसैगरी जीपीयूमा एक्सिनोस २२०० को एक्सक्लिप्स ९२० मा भन्दा दोब्बर कम्प्युट इकाइहरू हुने उल्लेख छ। त्यसैगरी चिपमा फास्टर र्याम र स्टोरेजको लागि समर्थन, नयाँ आईएसपी, नयाँ मोडेमका साथै थप अन्य अपग्रेडहरू पनि हुने उल्लेख गरिएको छ।

प्रकाशित: १६ भाद्र २०८०, शनिबार

तपाइको प्रतिक्रिया