दियालो टेक्नोलोजिज र स्मार्ट वास सोलुसनबीच सम्झौता, खानेपानी क्षेत्रलाई थप डिजिटलाइज गर्ने समझदारी

  • Technology Khabar | १५ भाद्र २०८०, शुक्रबार
दियालो टेक्नोलोजिज र स्मार्ट वास सोलुसनबीच सम्झौता, खानेपानी क्षेत्रलाई थप डिजिटलाइज गर्ने समझदारी

काठमाडौं ।

दियालो टेक्नोलोजिज प्रा.लि. र स्मार्ट वास सोलुसनबीच समझदारी भएको छ।

उक्त समझदारी अनुसार खानेपाानी क्षेत्रलाई थप डिजिटलाइज गर्न एकआपसमा प्रविधि सहयोग, कार्यशाला गोष्ठि, अनुभव आदान प्रदान, विभिन्न किसिमका तालिम सञ्चालन गर्ने तथा अनुसन्धान कार्यहरू गरिनेछ समझदारीपत्रमा दियालो टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत पिआर खनाल र स्मार्ट सोलुसनका तर्फबाट अध्यक्ष ई. रामदीप शाहले हस्ताक्षर गरे।

हस्ताक्षर कार्यक्रममा पूर्व विज्ञान प्रविधि मन्त्री गणेश शाह लगायत दुईवटै संस्थाका अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो।

खानेपानी सरसफाइ तथा स्वच्छता क्षेत्रमा सुशासनमाथप सुधार गरि सेवा प्रदानलाई थप प्रभावकारी बनाउन सयुक्त रुपमा सहकार्य गरि बढ्न मुख्य उद्देश्य राखी गरिएको यो समझदारीमा नेपालको खानेपानी तथा सरसफाई क्षेत्रलाई डिजिटलाइजेसन को लागि नीतिगत सुधार, यस क्षेत्रमा काम गर्ने सेवा प्रदायक तथा सरोकारवालकाहरुको प्रविधि संचालन तथा डिजिटलाइजेसनमा रुपान्तरणको लागि क्षमता अभिवृद्धी गर्न, केन्द्रिय, प्रदेश तथा स्थानीय स्तरमा यस क्षेत्रमा भएका राम्रा प्रयासहरूको सिकाईलाई विभिन्न स्तरका कार्यक्रमहरूबाट प्रचार प्रसार गर्ने अन्य उद्देश्य रहेको छ।

प्रकाशित: १५ भाद्र २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...