एक्समा अडियो र भिडियो कल फिचर आउँदै

  • Technology Khabar | १५ भाद्र २०८०, शुक्रबार
एक्समा अडियो र भिडियो कल फिचर आउँदै

काठमाडौं ।

एक्सका मालिक इलन मस्कले एपलाई सुपर एपमा रूपान्तरण गर्ने आफ्नो दृष्टिकोणलाई अगाडि बढाउन जारी राखेका छन्। यस दिशामा हालैको विकास भनेको एक्समा भ्वाइस र भिडियो कल सुविधाहरू सुरुवात गर्ने भएका छन्।

भिडियो र अडियो कल एक्समा आउन लागेको मस्कले घोषणा गरे। इलनले यो सुविधा आईओएस, एन्ड्रोइड, म्याक र पीसी डिभाइसमा उपलब्ध हुने बताए।

उल्लेखनीय रूपमा यसको लागि प्रयोगकर्ताहरूलाई फोन नम्बर आवश्यक पर्दैन किनकि एक्सले विश्वव्यापी ठेगाना पुस्तिकाको रूपमा काम गर्नेछ।

यी सुविधाहरूको यो अद्वितीय संयोजनले प्लेटफर्मको सञ्चारमा क्रान्तिकारी परिवर्तन गर्ने क्षमता आउने मस्कको विश्वास रहेको लाइभमिन्टले उल्लेख गरेको छ।

‘भिडियो र अडियो कलहरू एक्ममा आउँदैछन्,’ मस्कले एक्समा पोस्ट गरेका छन्, ‘आईओएस, एन्ड्रोइड, म्याक र पीसीमा काम गर्छ। कुनै फोन नम्बर आवश्यक छैन। एक्स प्रभावशाली विश्वव्यापी ठेगाना पुस्तिका हो। यो एक अद्वितीय सेट हो।’

यस महिनाको सुरुमा एक्सका डिजाइनर एन्ड्रिया कोनवेले आगामी फिचरको संकेत दिइएकी थिइन्। उनले लेखेकी थिइन्, ‘भर्खरै कसैलाई एक्समा कल गरेको छु।’

प्रकाशित: १५ भाद्र २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...