
काठमाडौं ।
इलेक्ट्रिक भेहिकल (ईभी) बजारमा बलियो उपस्थिति रहेको टेस्लाले यस क्षेत्रमा अझ बढी प्रख्यात हुनका लागि कडा मेहनत गरिरहेको छ। सेल्फ–ड्राइभिङ कारहरूको माग तीव्र गतिमा बढ्दै गएकाले टेस्लाले आफ्नो अर्को पुस्ताका ईभीहरुका लागि थप उन्नत चिप्सहरू सङ्कलन गर्नका लागि सामसङ इलेक्ट्रोनिक्ससँग साझेदारी गर्न सक्ने सम्भावना रहेको उल्लेख गरिएको छ।
बिजनेस कोरियाको भर्खरैको रिपोर्ट अनुसार टेस्लाको पाँचौं पुस्ताको सेल्फ–ड्राइभिङ चिप (एचडब्ल्यू ५.०) को लागि सामसङ प्राथमिक प्रदायक बन्ने भएको छ। यो उन्नत चिपले कटिङ्ग–एज ४एनएम प्रोसेस (अत्याधुनिक ४एनएम प्रक्रिया) प्रयोग गर्ने अपेक्षा गरिएको छ। त्यसैगरी टेस्लाको अघिल्लो फुल सेल्फ–ड्राइभिङ (एफएसडी) चिप पनि सामसङको १४एनएम सेमीकन्डक्टर्स प्रयोग गरेर निर्माण गरिएको भनी उद्योगका भित्री स्रोतहरूले नोट गरेका छन्। एलोन मस्कको फुल्ली अटोनोमस भेहिकल्स (पूर्ण स्वायत्त सवारी साधनहरू) प्राप्त गर्ने लक्ष्यमा सामसङ र टीएसएमसी दुवै उक्त साझेदारीको लागि बलियो दावेदार मानिएका छन्।
यस वर्षको सुरुवातमा टेस्लाका एलोन मस्क र सामसङका ली जे–योङको बैठकको बारेमा अनलाइन खबरहरू देखा परेको थियो। उक्त भेटघाटले दुई कम्पनीबीचको सम्भावित सहकार्य खोज्ने लक्ष्य लिएको अनुमान गरिएको उल्लेख छ । सेल्फ–ड्राइभिङ टेक्नोलोजी र सेमीकन्डक्टर चिप्सहरू उक्त सहकार्यको चासोको प्राथमिक फोकस मानिएको थियो। साथै विश्वव्यापी रूपमा सामसङ एक प्रमुख सेमीकन्डक्टर निर्माताको रूपमा प्रख्यात राहेको छ। त्यसैगरी टेस्ला ईभीहरूको लागि अटोनोमस ड्राइभिङ चिप्सको सो परियोजनामा टेस्लाले सामसङलाई छनौट गर्ने सम्भावना बलियो भएको जनाइएको छ। साथै उक्त बैठकको पूर्ण रिपोर्ट गीज्मोचाइनाको वेबसाइटमा राखिएको उल्लेख छ।
त्यसैगरी टेस्लाले आफ्नो इलेक्ट्रिक भेहिकल्स भारतमा प्रस्तुत गरेर आफ्नो बाटो बनाइरहेको हुन सक्ने भनी उल्लेख गरिएको छ। भारत सरकारले पनि स्थानीय उत्पादन इकाईसँग साझेदारी गर्ने अटोमेकरहरूका लागि इलेक्ट्रिक भेहिकल्समा आयात कर घटाउने विचार गरिरहेको उल्लेख छ।
प्रकाशित: १४ भाद्र २०८०, बिहीबार