बजारमा जारी गिरावटसँगै शाओमी फोनको ढुवानी २०२३ को दोस्रो त्रैमासिकमा १५.८ प्रतिशतले घट्यो

  • Technology Khabar | १४ भाद्र २०८०, बिहीबार
बजारमा जारी गिरावटसँगै शाओमी फोनको ढुवानी २०२३ को दोस्रो त्रैमासिकमा १५.८ प्रतिशतले घट्यो

काठमाडौं ।

शाओमीले आफ्नो त्रैमासिक वित्तीय प्रतिवेदन पोष्ट गरेको र सो प्रतिवेदनमा सन् २०२३ को दोस्रो त्रैमासिक अवधिको संख्याहरू राम्रो नदेखिएको उल्लेख छ। समग्र राजस्व ४ प्रतिशतले घटेको र त्यसमा लोअर नम्बर (कम संख्या) मा स्मार्टफोन व्यवसायले प्रमुख भूमिका खेलेको उल्लेख छ। सन् २०२३ को अप्रिल र जुन महिनाको बीचमा शाओमीले गत वर्षको सोही अवधिको तुलनामा १५.८ प्रतिशत कम डिभाइसहरू बिक्री गरेको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

कम्पनीले कमजोर नतिजाका लागि विश्वव्यापी रूपमा निरन्तर कमजोर बजार मागलाई उद्धृत गरेको छ। तीन महिनाको अवधिमा ३६.५ बिलियन चिनियाँ युआन (५ बिलियन अमेरिकी डलर भन्दा अलि बढी) को कुल राजस्वको साथ शाओमीले ३२.९ मिलियन फोनहरू ढुवानी गरेको (गत वर्ष ३९.१ मिलियनको तुलनामा) छ।

त्यसै गरी गणनाले शाओमी स्मार्टफोनको औसत बिक्री मूल्य १,०८१.७० चिनियाँ युआन (१४८.८० अमेरिकी डलर) बाट १,११२.२० चिनियाँ युआन (१५४.३७ अमेरिकी डलर) मा बढेको देखाएको र मुख्यतया चीनमा एएसपी बढेको कारणले थोरैले भए तापनि सो वृद्धी भएको उल्लेअ गरिएको छ।

शाओमीले निर्माताको रूपमा विश्वव्यापी रूपमा तेस्रो स्थानमा रहनुका साथै युरोप र मध्य पूर्व गरी दुई प्रमुख क्षेत्रहरूमा दोस्रो स्थानमा रहेको उल्लेख गरिएको छ। अप्रिल र जुन महिनाका बीचमा स्मार्टफोन ढुवानीहरू ५१ देशहरूमा शीर्ष ३ स्थानमा परेको र १० थप बजारहरूमा शीर्ष ५ मा रहेको जनाइएको छ।

त्यसै गरी मासिक सक्रिय प्रयोगकर्ताहरूको संख्यामा १०.८ प्रतिशत वार्षिक वृद्धीसँगै ६०६ मिलियन पुगेको र सो संख्या कम्पनीको लागि नयाँ रेकर्ड पनि भएको थप उल्लेख गरिएको छ।

प्रकाशित: १४ भाद्र २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...