एक्सले सशुल्क राजनीतिक विज्ञापनलाई अनुमति दिने, विगतको प्रतिबन्ध हटायो

  • Technology Khabar | १४ भाद्र २०८०, बिहीबार
एक्सले सशुल्क राजनीतिक विज्ञापनलाई अनुमति दिने, विगतको प्रतिबन्ध हटायो

काठमाडौं ।

एक्सले यो हप्ता सशुल्क राजनीतिक विज्ञापन माथिको प्रतिबन्ध हटाएको पुष्टि गरेको छ। कम्पनीले सशुल्क राजनीतिक विज्ञापन माथिको प्रतिबन्ध यस वर्षको सुरुवातमा हटाएको टेकक्रन्चले उल्लेख गरेको छ। इलन मस्कले पहिला ट्विटर भनेर प्ररिचित सोशल मिडिया नेटवर्क खरिद गरेको केही समयपछि प्रतिबन्ध हटाइएको रिपोर्टमा उल्लेख गरिएको छ।

कम्पनीले सुरुमा त्यस्ता विज्ञापनहरू २०१९ मा तत्कालीन सीईओ ज्याक डोर्सीको व्यवस्थापनमा प्रतिबन्ध लगाएको थियो। तत्कालिन समयमा कम्पनीले “राजनीतिक सन्देश पहुँच कमाउनुपर्दछ, किन्न हुँदैन“ भन्दै दाबी गरेको थियो।

कम्पनीले प्रतिबन्धित कन्टेन्टलाई “उम्मेद्वार, राजनीतिक दल, निर्वाचित वा नियुक्त सरकारी अधिकारी, निर्वाचन, जनमत संग्रह, मतपत्र, कानून, नियमन, निर्देशन, वा न्यायिक परिणामलाई सन्दर्भ गर्ने सामग्री“ भनेर परिभाषित गरेको थियो।

प्रतिबन्धले भोटको लागि अपील गर्ने कुनै पनि विज्ञापनहरू, आर्थिक सहयोगको आग्रह, र माथिको सूचीबद्ध प्रकारका राजनीतिक सामग्रीहरू मध्ये कुनैको लागि वा विपक्षमा वकालत सहित सामग्रीको विस्तृत दायरालाई पनि समेटेको छ।

मङ्गलबारको एक घोषणामा अहिले एक्स भनेर चिनिने कम्पनीले स्वतन्त्र अभिव्यक्तिप्रतिको आफ्नो प्रतिबद्धतालाई निर्माण गर्ने प्रयासको रूपमा राजनीतिक विज्ञापनलाई अनुमति दिन सुरु गर्ने बताएको छ।

वास्तविकतामा एक्सलाई राजनीतिक विज्ञापनले ल्याउने विज्ञापन डलरको आवश्यकता छ। एक्सको अमेरिकी विज्ञापन बिक्री वर्ष–दर–वर्ष ५९ प्रतिशतले घटेको छ, यु योर्क टाइम्सले जुनमा रिपोर्ट गरेको थियो।

प्रकाशित: १४ भाद्र २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...