ग्लोबल स्मार्टफोन सिपमेन्टमा एप्पलद्वारा एन्ड्रोइड वाईप आउट, संसारको लोकप्रिय स्मार्टफोन आईफोन १४ प्रो म्याक्स

Technology Khabar १४ भाद्र २०८०, बिहीबार

काठमाडौं ।

ग्लोबल स्मार्टफोन मार्केट (विश्वव्यापी स्मार्टफोन बजार) को प्रतिस्पर्धा तीव्र गतिमा रहेको उल्लेख गरिएको छ। एप्पल, सामसङ, शाओमी, ह्वावे र ओप्पो जस्ता कम्पनीहरूका साथै थप अन्य धेरै कम्पनीहरूले नेतृत्व लिन र थप प्रयोगकर्ताहरूलाई आकर्षित गर्न भनेर चौबीसै घण्टा काम गरिरहेको जनाइएको छ। त्यसोभए, शीर्षमा को रहेको छ भन्ने प्रश्नको जवाफ ओम्डियाको रिपोर्टले दिएको उल्लेख गरिएको छ। दर्जनौं बिभिन्न निर्माताहरू भएको एन्ड्रोइड क्याम्प आईओएस विरुद्ध सफल भने नभएको जस्तो देखिएको उल्लेख छ। साथै आईफोन १४ प्रो म्याक्स संसारभरि सिप्ड (ढुवानी) गरिएको सबैभन्दा लोकप्रिय फोन भएको र अरू त्यस्को नजिक अरु कुनै पनि फोनहरु आउन नसकेको उल्लेख छ।

सबै एन्ड्रोइड डिभाइसहरूलाई पछि पार्दै एप्पलको आईफोन १४ प्रो म्याक्स विश्वव्यापी रूपमा सबैभन्दा लोकप्रिय स्मार्टफोन बन्यो
ओम्डियाले २०२३ को पहिलो ६ महिनाको एक रिपोर्ट (प्रतिवेदन) जारी गरेको छ। साथै रिपोर्ट (प्रतिवेदन) मा टप टेन बेस्ट सेलिङ स्मार्टफोन्स लिस्ट (सबैभन्दा धेरै बिक्री हुने शीर्ष १० स्मार्टफोनहरूको सूची) समावेश रहेको उल्लेख छ। उक्त रिपोर्ट (प्रतिवेदन) मा एप्पल आफ्ना प्रतिस्पर्धीहरु भन्दा निकै अगाडि रहेको उल्लेख छ । कम्पनीले कुल ७९.५ मिलियन आईफोन (बिक्री गरेको उल्लेख गरिएको छ। यी मध्ये धेरैजसो सेल्स (बिक्रीहरु) आईफोन १४ प्रो म्याक्सबाट आएको र त्यसमा २६.५ मिलियन इकाइहरू बिक्री गरिएको जनाइएको छ। त्यसै गरी आईफोन १४ प्रो को २१ मिलियन, आईफोन १४ को १६.५ मिलियन र आईफोन १३ को १५.५ मिलियन इकाइहरू बिक्री भएको जनाइएको छ। साथै यसैको आधारमा एप्पलले लगभग १०० बिलियन अमेरिकी डलर कमाई गरेको भनेर भन्न सकिने उल्लेख गरिएको छ।

सर्वाधिक बिक्रीको साथ आईफोन १४ प्रो म्याक्स पहिलो स्थानमा रहेको छ भने आईफोन १४ प्रो, आईफोन १४, आईफोन १३ क्रमशः दोस्रो, तेस्रो र चौँथो स्थानमा रहेको उल्लेख गरिएको छ।

सूचीको पाँचौ स्थानमा रहेको सामसङले परिदृश्यलाई अझ थप रोचक बनाएको उल्लेख छ। एप्पलले आफ्नो फ्ल्यागशिप मोडलहरूका साथ ग्लोबल स्मार्टफोन मार्केट (विश्वव्यापी स्मार्टफोन बजार) मा प्रभुत्व जमाएको अवस्थामा कोरियाली टेक जायन्टले आफ्नो ग्यालेक्सी ए१४ को १२.४ मिलियन इकाइहरू बिक्री गर्दै पाँचौ स्थानमा राख्न सफल भएको जनाइएको छ। यस डिभाइसको खुद्रा मूल्य २०० देखि २५० अमेरिकी डलर सम्म रहेको उल्लेख छ।

त्यसैगरी यसले एन्ड्रोइड र आईओएस बीचको अन्तरलाई थप हाइलाइट गरेको जनाइएको छ। यद्यपि १२.४ मिलियनलाई हल्का रूपमा लिन मिल्ने संख्या भने नभएको र यो मोडलको लो प्राइस पोइण्ट (कम मूल्य बिन्दु) भएको कारणले सामसङको प्रोफिट मार्जिन पनि तुलनात्मक रूपमा कम नै हुने भनी उल्लेख गरिएको छ। त्यसै गरी ९.६ मिलियनको साथ ग्यालेक्सी एस२३ सामसङको एकमात्र फ्ल्यागसिपको रुपमा सूचीमा राहन सफल भएको थियो।

सूचीको शीर्ष १० फोनहरू निम्नानुसार रहेका छन्ः

प्रकाशित: १४ भाद्र २०८०, बिहीबार

तपाइको प्रतिक्रिया