
काठमाडौं ।
नेपाल इन्जिनियर्स एशोसिएसन (नेईए)को आगामी निर्वाचन विद्युतीय मतदान प्रणालीबाट गर्न खोजिएको छ। यसका लागि नेईएले ई-भोटिङ मेसिनका लागि प्रस्ताव आह्वान गरेको छ।
नेईएको आगामी निर्वाचन र आवश्यकता अनुसार अन्य संस्थाहरू समेतको निर्वाचन प्रयोजनका लागि इ-भोटिङ्ग मेसिनको निर्माण एवं प्रवर्द्धन अन्तर्गत सहकार्य संयुक्त उद्यम (लागत र लाभ साझेदारी गर्ने आधार) मा काम गर्न इच्छुक / कम्पनीको खोजी कार्यको प्रारम्भिक चरणमा रहेको सूचनामा उल्लेख छ।
सूचना अनुसार, इच्छुक सेवा प्रदायक सफ्टवेयर संस्था तथा कम्पनीहरूलाई क्षमता र कार्य अनुभवको आशयपत्र सहित प्रस्तुतीकरणको लागि आव्हान गरेको बताइएकाे छ । विस्तृत प्रविधिक स्पेसिफेसनको लागि एशोसिएसनको वेव साइट http://neanepal.org.np / download बाट प्राप्त गर्न सकिने जानकारिमा उल्लेख छ।
इच्छुक कम्पनीले आगामी भाद्र २३ भित्र [email protected] मा प्रस्ताव पेश गर्न एशोसिएसनले सूचना मार्फत आग्रह गरेको छ ।
प्रकाशित: १३ भाद्र २०८०, बुधबार