Technology Khabar १३ भाद्र २०८०, बुधबार
काठमाडौं ।
नेपालमा चालु आर्थिक वर्ष २०८०/८१को पहिलो महिना करिब साढे ३ अर्ब रुपैयाँको राउटर आयात भएको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आवको साउनमा ३ अर्ब ३८ करोड ५७ लाख ९७ हजार रुपैयाँ बराबरको ९ लाख २ हजार ४८२ यूनिट राउटर आयात भएको छ।
सरकारले राउटरबाट ६३ करोड १३ लाख ७१ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ।
गत आर्थिक वर्ष २०७९/८० मा ४ अर्ब ३६ करोड २२ लाख ३९ हजार रुपैयाँ बराबरको १२ लाख ९३ हजार ८९२ यूनिट आयात भएको थियो।
गत आवको सोही अवधिको तुलनामा चालु आवमा राउटरको आयात ९७ करोड ६४ लाख ४२ हजार रुपैयाँ अर्थात २२ प्रतिशतले घटेको छ।
साउनमा नेपालमा २० ओटा मुलुकबाट राउटर आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।
चीनबाट ३ अर्ब ३१ करोड ४८ लाख १८ रुपैयाँ बराबरको ८ लाख ९५ हजार ४३३ यूनिट राउटर आयात भएको छ।
मलेसियाबाट ३ करोड ३८ लाख ८५ हजार रुपैयाँ बराबरको ३५ यूनिट राउटर आएको छ।
ताइवानबाट १ करोड ८ लाख ६ हजार रुपैयाँ बराबरको १ हजार २७५ यूनिट राउटर आयात भएको छ।
प्रकाशित: १३ भाद्र २०८०, बुधबार