एआईको मद्दतबाट करोडपति

  • Technology Khabar | १३ भाद्र २०८०, बुधबार
एआईको मद्दतबाट करोडपति

काठमाडौं ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले धेरै मानिसलाई बेरोजगार बनाइरहेको छ। साथै अर्को तर्फ एआईले मानिसलाई रोजगारी पनि प्रदान गरिरहेको छ। साइप्रसका ३२ वर्षीय उद्यमी ओले लेहमनले क्रिप्टो एक्सचेन्ज एफटीएक्स क्रयास भए पनि एआईका माध्यमबाट जीवन परिवतर्न हुने क्षणको अनुभव गरेको इन्डियाटाइम्सले उल्लेख गरेको छ।

क्रिप्टो एक्सचेन्ज क्रयास भए पनि उनलाई आर्थिक रुपमा ठूलो घाटा भएको थियो। यस्तो अवस्थामा के गर्ने भन्ने उनले विचार गर्न नसिरहेको अवस्थामा उनको नजर एआई टूल च्याटजीपीमा पर्यो।

लेहमन अहिले मानिसहरुलाई एआईको प्रयोग गर्न सिकाएर करोडौं कमाई गर्दैछन्। टिचर बन्नु अघि लेहमनले करिब ६ वर्ष क्रिप्टो ट्रेडरको रुपमा जीवन बिताएका थिए। क्रिप्टोमा भएको नोक्सानीले उनलाई कमाईको नयाँ अवसर सिर्जना गरिदियो।

यस वर्षको जनवरीमा लेहमनले एक्स (विगतमा ट्विटर)मा एआई सम्बन्धित कन्टेन्ट शेयर गर्न सुरु गरेका थिए। उनको पोस्ट मानिसहरुलाई धेरै मन पर्यो। अप्रिलमा उनले एआई सोलोपेनियर ह्यान्लमा एक्स अकाउन्ट बनाएका थिए। यसले पूर्ण रुपमा एआई कन्टेन्ट प्रदान गर्छ। सिर्फ ६५ दिनमा यस अकाउन्टले एक लाख फलोअर्स प्राप्त गर्न सफल भयो।

लेहमनले एआई ओडिएसन एक्सस्यालिएटर नाममा एक कोर्स सुरु गरेका थिए। यस कोर्सको मूल्य १७९ अमेरिकी डलर तोकिएको छ। कोर्स सुरु भएको एक महिना भित्रमा १ हजार ७८ अर्डर प्राप्त भएको लेहमनले प्रति महिना करिब १ लाख ७६ हजार ८८५ अमेरिकी डलर अर्थात २ करोड ३३ लाख ३४ हजार रुपैयाँ कमाएका छन्।

प्रकाशित: १३ भाद्र २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...