काठमाडौं ।
जेडटीई आफ्नो नुबिया जेड५०एस प्रो र एक्सन ४० अल्ट्रा जस्ता केही फ्ल्यागसिपहरुको क्यामराहरूमा ३५एमएम लेन्सको प्रयोगको कारण यूनिक मानिने गरिएको छ। यो अब १–इन्च सेन्सरको प्रकारका साथ ३५एमएम क्यामरा डेलिभर गरेर अर्को चरण लिन तयार देखिएको जीएसएमएरिनामा उल्लेख गरिएको छ।
डिजिटल च्याट स्टेशनले हालको नुबिया जेड५०एस प्रो र प्रोटोटाइप नुबिया फ्ल्यागशिपलाई एकै साथ रखिएको एक तस्बिर साझा गरेको छ। उक्त ईमेजमा जेड५०एस प्रो को हालको १/१.४९–इन्च युनिटको सट्टामा नयाँ १-इन्च सेन्सर समायोजन गर्दा लेन्स कति ठूलो छ भन्ने देखाउनुका साथै त्यसको परिणामस्वरूप क्यामरा मोड्युल कति ठूलो हुनु पर्छ भनरे पनि देखाएको उल्लेख छ।
टिपस्टरका अनुसार उक्त तस्बिरमा देखिएको फोनमा सोनी ओईएमएक्स९८९ सेन्सर प्रयोग गरिएको र नुबियाले यसको भोल्युम अप्टिमाइज गर्न प्रबन्ध गरेपछि फोनलाई रिलिज गर्ने जनाइएको छ।
प्रकाशित: १३ भाद्र २०८०, बुधबार