आपूर्ति श्रृंखला सम्बन्धी चिन्ताको बाबजुद आईफोन १५ प्रो म्याक्सको ढुवानी यस हप्तादेखि सुरु हुने

  • Technology Khabar | १३ भाद्र २०८०, बुधबार
आपूर्ति श्रृंखला सम्बन्धी चिन्ताको बाबजुद आईफोन १५ प्रो म्याक्सको ढुवानी यस हप्तादेखि सुरु हुने

काठमाडौं ।

एप्पलको आगामी आईफोन १५ प्रो म्याक्स मोडल कम्पनीको नयाँ मोडलहरूमध्ये सबैभन्दा लोकप्रिय हुन सक्ने विश्लेषक मिङ-ची कुओले बताएका छन्। कुओले आईफोन १५ प्रो म्याक्सको मास ढुवानी यस हप्ता सुरु हुने दाबी गरेका छन्। साथै कम्पनी आईफोन १५ प्रो म्याक्स मोडलको ढुवानी बढाउने योजनामा रहेको उनले बताएको लाइभमिन्टले उल्लेख गरेको छ।

नयाँ आईफोन १५ प्रो म्याक्समा नयाँ टाइटेनियम फ्रेम, पेरिस्कोप जुम क्यामरा, आगामी ए१७ बायोनिक चिपसेट, र फास्ट १५० वाट चार्जिङ गतिलाई सपोर्ट गर्ने विश्वास गरिएको छ।

आईफोन १५ र १५ प्रो म्याक्सको ढुवानी आपूर्ति श्रृंखला समस्याहरूको कारणले ढिलाइ हुन सक्ने कुओले आंशका पनि व्यक्त गरेका छन्। ९टु५म्याकको पहिलाको रिपोर्टमा आईफोन १५ प्रो म्याक्स निर्धारित बिक्री मितिमा ढुवानीका लागि तयार नहुने उच्च सम्भावना छ।

उक्त सम्भावित ढिलाइका लागि सोनी जिम्मेवार रहेको बताइएको छ। सोनी आईफोनका लागि क्यामरा पार्टपुर्जा आपूर्तिकर्ता हो। सोनीले समयमै आवश्यक इमेज सेन्सरहरु डेलिभरी गर्न चुनौतीहरु सामना गरिरहेको छ।

यद्यपि, यो समस्याले एप्पलको पूर्व निर्धारित कार्यक्रम वा आईफोन १५ श्रृंखलाको अनावरणलाई असर गर्ने अपेक्षा गरिएको छैन। यस्तोमा आर्यफोन १५ रेञ्जका अन्य तीन मोडेलहरु समयमै लन्च हुने अपेक्षा गरिएको छ। सम्भवत आईफोन १५ प्रो म्याक्स बजारमा ढिलो रिलीज हुन सक्छ।

यसअघि एप्पलको कार्याक्रम १२ वा १३ सेक्टेम्बरमा हुन सक्ने संकेत गर्ने लीकहरुका आधारमा रिपोर्ट गरिएको थियो। एप्पलले ५ सेक्टेम्बरसम्म लन्च कार्याक्रमको बारेमा जानकारी प्रदान गर्ने विश्वास गरिएको छ।

 

प्रकाशित: १३ भाद्र २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...