ह्वावे मेट ६० प्रोको डिस्प्लेमा तीन पञ्च होल हुने

  • Technology Khabar | १३ भाद्र २०८०, बुधबार
ह्वावे मेट ६० प्रोको डिस्प्लेमा तीन पञ्च होल हुने

काठमाडौं ।

ह्वावे मेट ६० प्रोले डिस्प्लेमा तीन पञ्च होलसहित डेब्यू गर्ने उल्लेख छ।

डिभाइसमा  सेल्फी क्यामरा तथा  ३ डीटीओएफ सेन्सर राखिएको बताइएको छ।  २,७२० एक्स १,२६० पिक्सेल रिजोल्युसन तथा १२० हर्ज अनुकूलन रिफ्रेस दरको साथ ठूलो ६.८२ इन्च १० -बिट एलटिपीओ  ओएलइडी स्क्रिन युक्त रहेकाे उल्लेख छ। मेट ६० प्रोसँग प्यानलको टपमा सेकेन्ड जेनेरेसनकाे कुनलुन ग्लास पनि छ।

मेट ४० प्रो र  मेट ५० प्रोमा समान टपमा  ट्रियो हाेल भए जस्तै त्यही सेटअप  मेट ६० मा रहने बताइएकाे छ। डिभाइसमा फेस आइडी फिचरका  लागि  ३ डी  फेस म्यापिङका लागि सेन्सरहरू तथा लेजरहरूसँगै १३ मेगापिक्सेल  अल्ट्रावाइड सेल्फी क्यामरा रहेको उल्लेख छ ।

पछाडिको सर्कलमा थप तीन क्यामेरा फिट छन्। ओआइएस  तथा पीडीएएफको साथ एक प्रख्यात ५० मेगापीक्सेल मुख्य एकाई जुन, मेट ५० प्रो तथा  पी ६०  प्रोमा यसको एफ /१.४-एफ /४.० भेरिएबल एपर्चरको साथ देखिन्छ। अल्ट्रावाइड-एंगल क्यामेरामा १२ मेगापिक्सेल सेन्सर तथा एफ /२.२ लेन्स रहेकाे, जबकि तेस्रो शूटरमा ४८ मेगापीक्सेल सेन्सर तथा ओआइएस, र एएफ सहितको एफ/३.० टेलिफोटो लेन्स छ।

ह्वावे मेट ६० प्रोले चीनमा स्याटेलाइट मेसेजिङलाई समर्थन गर्छ। ५,००० एमएएच ब्याट्रीले ८८ वाट वायर्ड र ५० वाट वायरलेस चार्जिङलाई समर्थन गर्ने तथा यसले २० वाट रिभर्स वायरलेस चार्जिङ पनि गर्ने उल्लेख छ।

त्यस्तै, अपरेटिङ सिस्टम हार्मोनी ओएस ४.० हो, जसले मेट ६० प्रोलाई यस यूआई को साथ पहिलो फोन बनाउँछ। ह्वावेले मेट ६० प्रो प्रयोग गरिरहेको चिपसेटकाे बारे भने पुष्टी गरेकाे छैन।

फोनमा डुअल टोन ब्याक र चार कलर अप्सनहरू छन्। माथिल्लो भाग सेतो र हरियो अप्सनहरूको लागि ग्लासको बनेको उल्लेख छ।जबकि पर्पल र कालोले फक्स लेदर प्रयोग गर्छ।

ह्वावे मेट ६० प्रो १२ जीबी र्याम  तथा तीन भण्डारण विकल्पहरू – २५६ जीबी , ५१२ जीबी , र १ टिबी  सँग आउँने बताइएकाे छ। हाल, केवल ५१२ जीबीको मात्र सीएनवाइ  ६ हजार ९ सय ९९ को लागि कम्पनीको वेबसाइटमा सूचीबद्ध छ।

नयाँ स्मार्टफोन चीनको कम्पनीको अनलाइन स्टोर भीमल मा प्रि-अर्डरको लागि पहिले नै सूचीबद्ध रहेकाे उल्लेख छ। त्यसैले स्थानीय ग्राहकहरूले आफ्नो युनिटहरू बुक गर्न सक्ने बताइएकाे छ।

प्रकाशित: १३ भाद्र २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...