भिभो आइक्यूओओ १२ प्रो मा ६४ मेगापिक्सेल  पेरिस्कोप क्यामरा हुने

  • Technology Khabar | १३ भाद्र २०८०, बुधबार
भिभो आइक्यूओओ १२ प्रो मा ६४ मेगापिक्सेल  पेरिस्कोप क्यामरा हुने

काठमाडौं ।

भिभो आइक्यूओओ १२ प्रो ६४ मेगापिक्सेल  पेरिस्कोप क्यामरासहित आउने भएको छ।

डिजिटल च्याट स्टेशनका अनुसार, आइक्यूओओ १२ प्रो मा ६४ मेगापिक्सेल सेन्सर हुने बताइएको छ।

लीकस्टरले आफ्नो वेइबो प्रोफाइलमा भिभोले ओम्नी भीजन ओभी ६४ बी सेन्सरलाई ५ एक्स जुम लेन्सको पछाडि राख्ने समाधानमा काम गरिरहेको बताएका छन्। ओम्नी भीजन  ओभी ५० एच  जुन १.२ माइक्रोमिटर पिक्सेलको साथ १/१.२८ इन्च  आकारको रहेको  बताइएको छ। मुख्य क्यामराको लागि नयाँ ५० एमपी सेन्सर ल्याउने अपेक्षा गरिएको छ।

यसमा अल्ट्रा वाइड एङ्गल क्यामरा उल्लेख छैन। यो ठूलो १५० -डिग्री एफओभी  तथा पछिल्लो तीन शीर्ष-स्तरीय आइक्यूओओ प्रो उपकरणहरूमा देखिने अटोफोकसको साथ ५० एमपी एफ/२.३ हुन सक्ने  उल्लेख छ।

आगामी आइक्यूओओ फ्ल्यागशिपमा भी ३ आइएसपी चिप पनि हुनुपर्ने, लीकस्टरले थपेका छन्। डिभाइस नोभेम्बरको शुरुमा भिभो  एक्स १०० प्रो श्रृंखलामा उपलब्ध हुने आशा गरिएको छ।

प्रकाशित: १३ भाद्र २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार