काठमाडौं ।
ब्लूमबर्गका मार्क गुरम्यानले आफ्नो प्रसिद्ध पावर अन न्यूजलेटरमा आईप्याडको लागि एप्पलको योजनाहरूको बारेमा खुलासा गरेका छन्। एप्पलले २०१८ पछि आईप्याड प्रो मा सबैभन्दा ठूलो अपग्रेड अनावरण गर्ने उल्लेख गरिएको छ।
दुई नयाँ आईप्याड प्रो मोडलहरू सन् २०२४ को (स्प्रिङ्ग) वसन्त वा (अर्ली समार) गर्मीको प्रारम्भमा लन्च हुने उल्लेख गरिएको छन्। उक्त दुई नयाँ आईप्याड प्रो मोडलहरू ११–इन्च र १३–इन्च (१२.९–इन्चमा थोरै अपग्रेड) हुनेछन् र दुवैमा ओएलईडी स्क्रिनहरू रहने जनाइएको छ। हालको ११ इन्चको आईप्याडमा एलसीडी रहेको छ भने १२.९ इन्चको आईप्याडमा मिनी–एलईडी प्यानल रहेको उल्लेख गरिएको छ।
त्यसैयरी दुबै ट्याब्लेटले एम३ चिप प्रयोग गर्ने उल्लेख गरिएको छ। उक्त एम३ चिपलाई एप्पलले यस वर्षको अन्तमा म्याक रिफ्रेसको साथ प्रिमियर गर्ने अपेक्षा गरिएको छ। साथै नयाँ आईप्याड प्रो जे७१७, जे७१८, जे७२०, र जे७२१ मोडल आइडेन्टिफायरहरूसँग परीक्षणमा रहेको उल्लेख गरिएको छ।
एप्पलले ठूलो ट्र्याकप्याडको सहितको नयाँ म्याजिक किबोर्ड पनि ल्याउने जीएसएमएरिनामा उल्लेख गरिएको छ।
प्रकाशित: १३ भाद्र २०८०, बुधबार