Technology Khabar १३ भाद्र २०८०, बुधबार
काठमाडौं ।
घानाले ४जी र ५जी नेटवर्कहरू स्थापना गर्न टेलिकम कम्पनीहरूसँग वार्ता गरिरहेको छ।
अफ्रिकी मुलुक घानाले देशमा ४जी र ५जी नेटवर्कहरू स्थापना गर्न नेटवर्क अपरेटरहरू र निजी लगानीकर्ताहरूसँग सहकार्य गर्ने योजना घोषणा गरेको घानावेबले रिपोर्ट गरेको छ।
घानाका सञ्चार तथा डिजिटलाइजेसन मन्त्री उर्सुला ओउसु–एकुफुलले सरकारले देशव्यापी फोरजी र फाइभजी सेवा पुर्याउन तटस्थ साझा पूर्वाधार कम्पनी स्थापना गर्न स्वीकृत गरेको बताइन्।
ओउसु-एकुफुलले सेवा प्रदायकहरूलाई उनीहरूको सेवाहरू ग्रामीण क्षेत्रमा विस्तार गर्न र सरकारलाई डिजिटलाइजेसनको एजेन्डा हासिल गर्न मद्दत गर्न यो कदम चालेको बताएकी छन्।
प्रकाशित: १३ भाद्र २०८०, बुधबार