काठमाडौं ।
बीएमडब्ल्यूले दिगो उत्पादन र रोजगारी सृजनामा ध्यान दिँदै इलेक्ट्रिक भेहिकल (ईभी) बजारमा आफ्नो कदमलाई अगाडि बढाउँदैछ।
लक्जरी अटोमेकरले भर्खरै जर्मनीको लाइपजिग क्याम्पसमा ब्याट्री लजिस्टिक फ्यासिलिटीको ग्राउण्ड ब्रेक गर्दै ईभी उद्योग र वातावरणीय जिम्मेवारी दुवैप्रति आफ्नो प्रतिबद्धतालाई बलियो बनाएको उल्लेख छ।
बीएमडब्ल्यूले एक तिहाइ गाडी पूर्णरूपमा विद्युतीय बनाउने
यो नयाँ प्लान्ट बीएमडब्ल्यूको आगामी मिनी कन्ट्रिम्यानको उत्पादनको लागी आवश्यक हुनेछ। रुफटप सोलार एरेसँग सुसज्जित यो नयाँ प्लान्टले ३,००० किलोवाट्स भन्दा बढी उर्जा उत्पादन गर्न सक्ने र फ्यासिलिटीले ५,७०० भन्दा बढी नयाँ झाडी र रूखहरू रोप्ने योजना पनि बनाएको जनाइएको छ। बीएमडब्ल्यूको फराकिलो सस्टेनेबल गोल्स (स्थायित्व लक्ष्यहरू) सँग पङ्क्तिबद्ध गर्दै कार्बन फुटप्रिन्ट न्यूनतम राख्नु यसको उद्देश्य भएको उल्लेख छ।
त्यसै गरी यो नयाँ प्लान्टले रोजगारीमा वृद्धि गराको बताईएको छ। फ्यासिलिटी पूर्णरूपमा सञ्चालनमा आएपछि यसले लाइपजिग क्षेत्रमा करिब ५०० नयाँ रोजगारीहरू सिर्जना गर्नुका साथै यसले स्थानीय अर्थतन्त्रलाई महत्त्वपूर्ण बढावा दिने गीज्मोचाइनामा उल्लेख गरिएको छ।
यो फ्यासिलिटी सन् २०२४ को मध्यसम्ममा आंशिक रूपमा सम्पन्न हुने लक्ष्य रहेको र यसमा बीएमडब्ल्यूका इलेक्ट्रिक मोडलहरूका लागि हाई–भोल्टेज ब्याट्री कम्पोनेन्टहरू रहने जनाइएको छ। साथै यो पहल बीएमडब्लुको २०२६ सम्ममा आफ्ना सबै सवारी साधनको एक तिहाइ पूर्ण रूपमा विद्युतीय बनाउने महत्वाकांक्षी योजनाको एक हिस्सा भएको उल्लेख गरिएको छ।
प्रकाशित: १३ भाद्र २०८०, बुधबार