साउनमा साढे ५ करोडको ३७६ इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर आयात

  • Technology Khabar | १२ भाद्र २०८०, मंगलवार
साउनमा साढे ५ करोडको ३७६ इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर आयात
सांकेतिक तस्विर

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा नेपालमा साढे ५ करोड रुपैयाँ भन्दा बढीको इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर आयात भएको छ। भन्सार विभागको तथ्यांक अनुसार साउनमा ५ करोड ५३ लाख ६३ हजार रुपैयाँ बराबरको ३७६ यूनिट इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर आयात भएको हो।

इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर आयातबाट सरकारले १ करोड ७२ लाख ८ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ।

गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिको तुलनामा चालु आवमा इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर आयात करिब आधाले घटेको छ। गत आवको साउनमा ९ करोड ७० लाख ५१ हजार रुपैयाँ बराबरको ९०१ यूनिट इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर आयात भएको थियो।

नेपालमा इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर चीन, भारत, इन्डोनेसिया र यूएईबाट आउने गरेको छ।

चीनबाट ३ करोड २२ लाख ४२ हजार रुपैयाँ बराबरको २४१ यूनिट इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर आयात भएको छ।

इन्डोनेसियाबाट १ करोड ७७ लाख १९ हजार रुपैयाँ बराबरको ७२ यूनिट इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर आएको छ।

भरतबाट ५३ लाख ९९ हजार रुपैयाँ बराबरको ६२ यूनिट इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर भित्रिएको छ।

यूएईबाट ३ हजार रुपैयाँ बराबरको एक यूनिट इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

प्रकाशित: १२ भाद्र २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार