सामसङ ग्यालेक्सी जेड फ्लिप५ को कभर डिस्प्लेको बग फिक्स, मेमोरी युजेजमा सुधार

  • Technology Khabar | १२ भाद्र २०८०, मंगलवार
सामसङ ग्यालेक्सी जेड फ्लिप५ को कभर डिस्प्लेको बग फिक्स, मेमोरी युजेजमा सुधार

काठमाडौं ।

सामसङ ग्यालेक्सी जेड फ्लिप५ को नयाँ कभर डिस्प्ले (फ्लेक्स विन्डो) यो पुस्ताको सबैभन्दा ठूलो अपग्रेड हो। यद्यपि व्यापक नयाँ फक्सानालिटीमा केही सुधार आवश्यक थियो। सामसङले ती समस्या समाधान गर्न अलवेज अन डिस्प्ले एप अपडेट गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

पहिलो, यदि प्रयोगकर्ताले इर्न्फमेटिभ÷ग्राफिक्स स्ट्याइल कल्क घडी प्रयोग गर्छन भने, नयाँ एपले रोमिङमा भए पनि यसको रूप परिवर्तन गर्दैन। अघि फोन कहिले काँही आफै कस्टमाइजेसन रिसेट गथ्र्यो भने पुन लागू गर्नू पथ्र्यो।

दोस्रो, फ्लेक्स विन्डो प्रयोग गर्दा केहि परिस्थितिहरूमा मेमोरी समस्या थियो। यो बग एओडी एपको नवीनतम भर्सन (८.३.३०.४)बाट हटाइएको छ। थ्प, गुड लक एपको पछिल्लो भर्सन (२.२.०४.६६)मा पनि बग समाधान गरिएको छ।

यदि प्रयोगकर्ताले नोटिफिकेशन प्राप्त गरेका छैनन् भने अलवेज अन डिस्प्ले र गुड लकको अपडेटका लागि ग्यालेक्सी स्टोर एपमा हेर्नुपर्ने हुन्छ।

प्रकाशित: १२ भाद्र २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार