
काठमाडौं ।
ह्वाट्सएपले ओरिजिनल क्वालिटीको फोटो तथा भिडियो सेयरिङ सुविधा ल्याएको छ। एपले मेटेरियल डिजाइन ३ दिशानिर्देशहरूमा आधारित केही यूआइ र यू एक्स परिवर्तनहरू पनि गरेको उल्लेख छ।
ह्वाट्सएपले एक नयाँ बीटा अपडेट ह्वाट्सएप संस्करण २.२३.१८.१२ जारी गरेको छ। डब्लुएबीटाइन्फोका अनुसार, यस अपडेटको मुख्य विशेषता प्रयोगकर्ताले आफ्नो ‘ओरिजिनल क्वालिटी’मा फोटो तथा भिडियोहरू पठाउन सक्ने क्षमता रहेको उल्लेख छ।
यसले अघिल्लो बिटा संस्करणलाई पछ्याउने पनि बताइएकाे छ, जसले टेस्टरहरूको सीमित समूहलाई उच्च गुणस्तरको तस्बिर पठाउनेलाई इन्टरड्यूज गरेको बताइएको छ।
भित्री स्रोतहरू तथा स्क्रिनसटहरूले व्हाट्सएप ओरिजिनल गुणस्तर मिडिया सेयरिङ अप्सनको पूर्ण रिलिजको नजिक रहेको सुझाव दिएको छ।
आगामी सुविधाले सहज प्रयोगकर्ता अनुभवको प्रतिज्ञा गरेको छ। प्रयोगकर्ताहरूले सजिलैसँग न्यूनतम प्रयासमा यसको ओरिजिनल गुणस्तरमा मिडिया सेयरिङ गर्न सकिने उल्लेख छ।
हाल, प्रतिक्षा गरिएको सुविधा अझै पनि यसको विकास चरणमा रहेको बताइएको छ।
प्रकाशित: १२ भाद्र २०८०, मंगलवार