आगामी एप्पल आईप्याड प्रो २०२४ ल्यापटपको प्रतिस्पर्धी हुने अपेक्षा

Technology Khabar १२ भाद्र २०८०, मंगलवार

काठमाडौं ।

आगामी एप्पल आईप्याड प्रो २०२४ ससक्त ल्यापटपको प्रतिद्वन्द्वि जस्तै हुनसक्ने आकलन गरिएको छ। प्रत्याशित एप्पल आईप्याड प्रोले २०१८ यताकै सबैभन्दा महत्त्वपूर्ण अपडेटलाई चिन्ह लगाउँदै ठूलो परिवर्तन ल्याउने अनुमान गरिएको हो।

यो आगामी संस्करणले प्राविधिक उत्साहीहरूलाई मनमोहक पार्ने बाहेक, ट्याब्लेट तथा ल्यापटपहरू बीचको भिन्नतालाई धमिलो पार्ने एप्पलको मिशनलाई हाइलाइट गरेको छ। नयाँ आईप्याड प्रो मोडलहरू ११ -इन्च तथा १३ -इन्च दुई साइजमा आउने अपेक्षा गरिएको ब्लूमबर्गका मार्क गुरम्यानले उल्लेख गरेका छन्।

“मिनी-एलईडी र एलईडीबाट ओएलईडीमा स्विच गर्दै, नयाँ स्क्रिनहरूले तीव्र र उज्यालो दृश्य अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ,” मार्क गुरम्यानले भने।

ल्यापटपको अनुकरण गर्न आईप्याड प्रोको क्षमता बढाउनका लागि एप्पलको ड्राइभ लाई  विशेष चासोकोरुपमा लिइएको छ। म्याजिक किबोर्डले यसको २०२० प्रक्षेपणमा ध्यान आकर्षित गरेपनि अपग्रेडको लागि लाइनमा रहेको उल्लेख छ।

नयाँ म्याजिक किबोर्डमा विस्तारित ट्र्याकप्याडले एप्पलको उद्देश्यलाई सिमलेस ट्रान्जिसन सिर्जना गर्ने संकेत गर्नेछ, जहाँ प्रयोगकर्ताहरूले ट्याब्लेट प्रयोग गरिरहेको बिर्सन सक्ने बताइएको छ। म्याजिक किबोर्डको इभोलुसन नयाँ १३-इन्च आईप्याड प्रो डिस्प्लेसँग सिंक भएको जस्तो देखिने उल्लेख छ।

म्याजिक किबोर्ड जस्ता हार्डवेयर अपग्रेड गरेर तथा नयाँ एम ३ चिपको प्रतिज्ञा गर्दै, एप्पलले आफ्नो मूल पहिचान परिवर्तन नगरी आईप्याड प्रोलाई ल्यापटप क्षेत्रको नजिक पुर्याइरहेको देखिने बताइएको छ।

प्रकाशित: १२ भाद्र २०८०, मंगलवार

तपाइको प्रतिक्रिया