भारतमा १९ सेप्टेम्बरमा जियो एयरफाइबर लन्च हुने

  • Technology Khabar | ११ भाद्र २०८०, सोमबार
भारतमा १९ सेप्टेम्बरमा जियो एयरफाइबर लन्च हुने

काठमाडौं ।

रिलायन्स इन्डस्ट्रीज लिमिटेड (आरआईएल)ले सोमबारदेखि आफ्नो ४६ औं वार्षिक साधारण सभा २०२३ सुरु गरेको छ। एजीएम भिडियो कन्फ्रेसिङका माध्यमबाट आयोजना गरिएको छ।

वार्षिक साधारण सभा मा रिलायन्सका अध्यक्ष मुकेश अम्बानीले जियोको डाटा खपत बढेर औसत प्रयोगकर्ता प्रत्येक महिना २५ जीबीभन्दा माथि पुगेको जानकारी दिएका छन्। यसको अर्थ १ हजार १९९ जीबी मासिक डाटा ट्राफिक हो। यो गत वर्षको तुलनामा ४५ प्रतिशत वृद्धि भएको इकोनोमिटाइम्सले उल्लेख गरेको छ।

जियो एयरफाइबर घोषणा

जियो प्रयोगकर्ता लामो समयदेखि जियो एयर फाइबरको प्रतिक्षामा छन्। अहिले यसको लन्च मिति घोषणा गरिएको छ। एजीएममा मुकेश अम्बानीले १९ सेक्टेम्बरमा जियो एयरफाइबर लन्च गर्ने घोषणा गरेका छन्। जियो एयरफाइबर, फाइभजी नेटवर्क र उत्कृष्ट वायरलेस टेक्नोजीको उपयोग गरेर घर र कार्यालयमा वायरलेस ब्रोडब्याड सर्भिस दिने उनले बताए।

प्रति महिना ढेड लाख जडान लक्ष्य

अध्यक्ष अम्बानीले प्रति महिना ढेड लाख जियो एयरफाइबर कनेक्सन विस्तार गर्ने लक्ष्य राखिएको बताए। जियोका अप्टिकल फाइबर इन्फ्रास्ट्रक्चर भारतभर १५ लाख किलोमिटर फैलिएको छ। अप्टिकल फाइबर उपयोग गर्ने प्रयोगकर्ताले औसतमा प्रति महिना २८० जीबीभन्दा अधिक डाटा प्रयोग गर्न सक्छन्। यो प्रति व्यक्ति मोबाइल डाटा खपत भन्दा १० गुणा ज्यादा हो।

जियो स्मार्ट होम सर्भिसेज घोषणा

जियोका अध्यक्ष आकाश अम्बानीले जियो स्मार्ट होम सर्भिसेज लन्चको घोषणा गरेका छन्। जियो होम सर्भिसेज हाम्रो घरको अनुभव र प्रयोगलाई पुन परिभाषित गर्नका लागि तयार भएको आकाशले बताए। कम्पनीले जियो ट्र्यूफाइभजी डभेलपर प्लेटफर्म पनि घोषणा गरेको छ।

जियो ट्र्यूफाइभजी ल्याब सुविधाले उद्योग परिवर्तनलाई गति दिने आकाशले बताए। जियो एयरफाइबरबाट २०० मिलियन भन्दा अधिक स्थानमा सेवा विस्तार गर्ने कम्पनीको योजना छ।

प्रकाशित: ११ भाद्र २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...