साउनमा ३४ करोडको ११० इलेक्ट्रिक कार आयात

  • Technology Khabar | ११ भाद्र २०८०, सोमबार
साउनमा ३४ करोडको ११० इलेक्ट्रिक कार आयात

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा नेपालमा ३४ करोडको इलेक्ट्रिक कार आयात भएको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आवको साउनमा ३४ करोड ६ लाख ११ हजार रुपैयाँ बराबरको ११० यूनिट इलेक्ट्रिक कार आयात भएको छ।

इलेक्ट्रिक कारको आयातबाट सरकारले १८ करोड २३ लाख ९० हजार रुपैयाँ राजश्व प्राप्त भएको छ।

गत आव २०७९/८० को साउनमा ६२ करोड १६ लाख ८३ हजार रुपैयाँ बराबरको २१० यूनिट आयात भएको थियो। गत आवको सोही अवधिको तुलनामा चालु आवमा इलेक्ट्रिक कारको आयात आधाले घटेको छ।

चालुआवको पहिलो महिनामा भारत र चीनबाट मात्र इलेक्ट्रिक कार आयात भएको छ।

चीनबाट २६ करोड ५५ लाख ८६ हजार रुपैयाँ बराबरको ८३ यूनिट आयात भएको छ।

भारतबाट ७ करोड ५० लाख २५ हजार रुपैयाँ बराबरको २७ यूनिट इलेक्ट्रिक कार आयात भएको छ।

प्रकाशित: ११ भाद्र २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार