अब स्मार्टफोनमा जेनेरेटिभ एआई उपलब्ध हुने, प्रयोगकर्ताको डाटा पूर्णतया सुरक्षित

  • Technology Khabar | ११ भाद्र २०८०, सोमबार

काठमाडौं ।

मिडियाटेकले आफ्नो चिपसेट अन्य कम्पनीको चिप्स भन्दा राम्रो बनाउन मेटाको लामा २ (Llama 2) लार्ज ल्याङ्ग्वेज मोडेल प्रयोग गर्न गइरहेको छ। यसका लागि कम्पनीले मेटासँग हात मिलाएको छ।

यसको फाइदा भनेको स्मार्टफोनमा काम गर्ने एआई एप्लिकेसनले राम्रोसँग काम गर्नेछ। यसबाट एआई एपको कार्यसम्पादनमा सुधार हुनेछ र प्रयोगकर्ताको डाटा सुरक्षित हुनेछ। यसको आगमनसंगै, गोपनीयता पनि कायम हुनेछ।

लामा २ मोडेल गत महिना लन्च गरिएको थियो। यो मोडेलले एआई प्रविधिलाई समर्थन गर्दछ। यो एजुर एजुर एआई सेवाबाट पहुँच गर्न सकिन्छ।

के फाइदा हुन्छ?

मेटा मोडलमा मिडियाटेकको चिपसेट ल्याएपछि प्रयोगकर्ताले स्मार्टफोनमा जेनेरेटिभ एआई प्रयोग गर्न सक्नेछन्। यसले क्लाउडमा निर्भरता पूर्णरूपमा समाप्त गर्नेछ। साथै, प्रयोगकर्ताको व्यक्तिगत डाटा पूर्णरूपमा सुरक्षित हुनेछ र डाटा चुहावटको सम्भावना पनि नगण्य हुनेछ।

यो चिपमा लामा २ मोडल प्रयोग गरिने

मिडियाटेकले डाइमेन्सिटी ९३०० चिपसेट लन्च गर्ने तयारी गरिरहेको मिडिया रिपोर्टमा भनिएको छ। यस्तो अवस्थामा मेटाको लामा २ भाषा मोडेल यसमा प्रयोग हुने अनुमान गर्न सकिन्छ।

यसले चिप समर्थित फोनहरूको साथसाथै एपहरूको कार्यसम्पादनमा सुधार गर्नेछ। प्रयोगकर्ताहरूको गोपनीयता कायम गरिनेछ। तर, कम्पनीले डाइमेन्सिटी ९३०० लन्च गर्ने बारे कुनै आधिकारिक अपडेट दिएको छैन ।

चिपसेटका फिचर्स यस प्रकारका हुने

मिडिया रिपोर्टका अनुसार मिडियाटेक डाइमेन्सिटी ९३०० ले एआरएम कोर्टेक्स एक्स ४ र ए ७२० सीपीयूलाई सपोर्ट गर्नेछ। यस बाहेक प्रोसेसरले जी ७२० जीपीयूको सपोर्ट पनि पाउनेछ।

क्वालकमले एआई चिप पनि ल्याउने

मिडियाटेक जस्तै, क्वालकमले पनि लामा २ लार्ज ल्यांङ्गवेज मोडेलमा काम गर्ने चिप ल्याउने तयारी गरिरहेको छ। कम्पनीले यसका लागि मेटासँग साझेदारी गरेको छ, तर चिपसेट लन्च गर्ने बारे कुनै जानकारी दिएको छैन।

प्रकाशित: ११ भाद्र २०८०, सोमबार

तपाइको प्रतिक्रिया