सोनी एक्सपेरिया ५भी सेप्टेम्बर १ मा लन्च गरिने

  • Technology Khabar | ११ भाद्र २०८०, सोमबार
सोनी एक्सपेरिया ५भी सेप्टेम्बर १ मा लन्च गरिने

काठमाडौं ।

एक्सपेरिया ५ आईभी ले डेब्यू गरेको ठीक एक वर्ष पश्चात अब त्यसको उत्तराधिकारीको रुपमा सोनीले एक्सपेरिया ५ भी लाई घोषणा गर्ने तयारीमा रहेको छ। उक्त नयाँ एक्सपेरिया ५ भी लाई आगामी शुक्रबार, जापानी समयअनुसार साँझ ४ बजे (७एएम यूटीसी) मा डेब्यु गर्न तय गरिएको उल्लेख छ।

साथै उक्त डिभाइसको डेब्युलाई युट्युबमा लाइभस्ट्रिम गरिने जीएसएमएरिनामा उल्लेख गरिएको छ।

इभेन्टको छोटो टिजर ट्रेलरले दिन र रात गरी दुबै शटहरूमा फोनको क्यामराको गुणस्तरको बारेमा प्रस्तुत गरेको उल्लेख छ। गत महिनाको लीक प्रोमो भिडियोको आधारमा, एक्सपेरिया ५ भी मा डुअल क्यामरा सेटअप रहने जनाइएको छ।

त्यसैगरी एक्सपेरिया ५ भी मा स्न्यापड्रागन ८ जेन २ चिपसेटका साथै १६ जीबी सम्मको र्याम फिचर गर्नेे गीकबेन्च लिस्टिङ्गले खुलासा गरेको छ। चीनको ३सी एजेन्सीको अघिल्लो सर्टिफिकेसन (प्रमाणीकरण) ले नयाँ डिभाइस्मा ३३ वाटको फास्ट चार्जिङको रहने पुष्टि गरेको उल्लेख छ।

प्रकाशित: ११ भाद्र २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार