टेस्लाले आफ्नो सुपरचार्जर व्यवसायबाट अर्बौं कमाउने अनुमान

  • Technology Khabar | ११ भाद्र २०८०, सोमबार

काठमाडौं ।

टेस्लाले आफ्नो सुपरचार्जर व्यवसायबाट अर्बौं कमाउने अनुमान गरिएको छ। एक वाल स्ट्रीट विश्लेषकको भविष्यवाणीअनुसार, यो चाँडै अमेरिकी डलर २० बिलियनसम्म पुग्न सक्ने बताइएको हाे।

केहि वर्ष पहिले, टेस्लाले यसको सुपरचार्जर स्टेशनहरू कहिल्यै नाफा केन्द्रित नहुने दावी गरेको थियो। तर हालको विभिन्न मुल्याङ्कन हरुले सुपरचार्जर नेटवर्क आगामी वर्षहरूमा बहु-अरब डलरको व्यापारमा बढ्ने अनुमान गरिएको बताइएको छ।

लगानी फर्म वेडबश सेक्युरिटीजका प्रबन्ध निर्देशक र वरिष्ठ इक्विटी अनुसन्धान विश्लेषक ड्यान इभ्सले सुपरचार्जर व्यवसायले २०३० सम्ममा टेस्लाको कुल राजस्वको ६ प्रतिशतसम्म योगदान पुर्‍याउन सक्ने अनुमान गरेका छन्।

उनको भविष्यवाणी अनुसार, टेस्लाको सुपरचार्जर व्यवसाय २०३० सम्ममा अमेरिकी डलर १० देखि अमेरिकी डलर २० बिलियन व्यापारमा रुपान्तरण हुँदै कुल राजस्वको लगभग ३ देखि ६ प्रतिशतको हुन सक्ने उल्लेख छ।

त्यस्तै, टेस्ला विद्युतीकरणको यात्रामा थप पूँजीकरण गर्न “प्रमुख स्थिति” मा रहेको तथा हालको मूल्य कटौतीको साथमा टेस्ला ईभीहरूको लागि विश्वव्यापी माग रहेको पनि इभ्सले बताए । टेस्ला स्टकको लागि उनको अनुमान अमेरिकी डलर ३५० हो।

यस वर्ष धेरै पटक टेस्ला मोडलहरूको मूल्य घटाएपछि, सीईओ इलन मस्कले जुलाई २०२३ मा ब्रान्डले “अस्तव्यस्त समय” उत्पन्न भएमा फेरि मूल्य घटाउन सक्ने बताएका थिए। आफ्नो प्रारम्भिक दिनहरूमा, टेस्लाले ग्राहकहरूलाई मोडेल एस र मोडेल एक्सको लागि नि:शुल्क असीमित सुपरचार्जिङको साथ लोभ्याएको थियो।

प्रकाशित: ११ भाद्र २०८०, सोमबार

तपाइको प्रतिक्रिया