एरोनोटिकल र केमिकल इन्जिनियरिङको मात्र भर्ना शुल्क बढेको इन्जिनियरिङ अध्ययन संस्थानको स्पष्टोक्ति

Technology Khabar १० भाद्र २०८०, आईतवार

काठमाडौं ।

इन्जिनियरिङ अध्ययन संस्थान (ईअसं)ले एरोनोटिकल र केमिकल इन्जिनियरिङको मात्र भर्ना शुल्क  समायोजन गरिएको स्पष्टीकरण दिएको छ।

ईअसंले यसै वर्षबाट नयाँ विद्यार्थीहरुलाई लागु हुने गरी आंगिक क्याम्पसको बिइ/बीआर्क भर्नामा शुल्क समायोजन गरेको थियो। भर्ना शुल्क बढाइएकोमा सरोकारवालाहरुले विरोध गरेका थिए।

ईअसं डीन कार्यालयले सूचना जारी गर्दै दुई विषय बिइ/बीआर्कको मात्र शुल्क समायोजना गरेको सूचना मार्फत जारी गरेको छ।

पुल्चोक इन्जिनियरिङमा ४ वर्षको शुल्क रु ६ लाख ५ हजार रुपैयाँ कायम गरिएको बताइएको छ।

विज्ञप्तीमा उक्त शुल्क समायोजन क्याम्पसको नयाँ दुइ नयाँ कार्यक्रमहरुः एरोनोटिकल र केमिकल इन्जिनियरिङ्गमा मात्रै ४ वर्षको भर्ना शुल्क  समायोजन  गरिएको उल्लेख छ।

पूर्णशुल्कीय कार्यक्रमको शुरुवात संगै प्रत्येक वर्ष नयाँ भर्ना शुल्कमा १० प्रतिसत वृद्धि गर्ने नीतिगत व्यवस्था भएता पनि विगतका वर्षहरुमा आंगिक क्याम्पसका भर्नामा कार्यन्वयन हुन नसकेको  विज्ञप्तीमा बताइएको छ।

ईअसंका ५ आंगिक क्याम्सपहरुका सबै १२ कार्यक्रमहरुमा प्रत्येक वर्ष नियमित तर्फ ६१० र पूर्णशुल्कीय कार्यक्रम तर्फ १४३० जना बिद्यार्थी भर्ना हुने गरेको  विज्ञप्तीमा उल्लेख छ ।

२५ वर्ष अगाडी कायम गरिएको पूर्णशुल्कीय रकम३ लाख १८ हजार रुपैयाँमा कुनै हेरफेर नभएकाे तथा  नियमित तर्फ मात्र नभएर पूर्णशुल्कीय कार्यक्रममा समेत अनुदानको आवश्यक देखिएको जानकारिमा उल्लेख छ। नियमित कार्यक्रममा समेत अनुदान घटिरहेको अवस्थामा कार्यक्रमको प्रकृति अनुसार पूर्णशुल्कीय कार्यक्रममा अनुदान सम्भव नहुने विज्ञप्तीमा उल्लेख  छ।

शुल्क समायोजन नभएको खण्डमा पूर्णशुल्कीय कार्यक्रम सञ्चालन गर्न असमर्थ हुने तथा क्याम्पसहरुले सो पूर्णशुल्कीय कार्यक्रम नै खारेज हुन सक्ने अवस्थालाई ध्यान दिनुपर्ने समेत विज्ञप्तीमा बताइएको छ।

विज्ञप्तीमा  पूर्णशुल्कीय कार्यक्रमको शुल्क समायोजन संगै पन्चवर्षे योजना बमोजिम अटोमेसन, भौतिक संरचनाको निर्माण तथा स्तरोन्नति; अध्ययन-अध्यापनमा नवीनतम प्रविधिको अवलम्वन; विद्यार्थी, शिक्षक कर्मचारीहरुलाई अनुसन्धानात्मक कार्यमा आर्थिक सहयोग गर्ने जस्ता महत्वपूर्ण कार्ययोजनाहरु सह्रानीय रहेको उल्लेख छ ।

त्यस्तै, सार्वजनिक विज्ञप्तीमा आर्थिक अवस्था सबल नभएका जेहेन्दार विद्यार्थीहरुलाई केहि हदसम्मको अनुदान उपलब्ध गर्ने तथा देशको आवश्यकता अनुरुपको प्राविधिक शिक्षा प्रदान गरी देशभित्रै प्राविधिक जनशक्ति उत्पादन गर्ने इअसंका आंगिक क्याम्पसहरुको उद्देश्य रहेको बताइएको छ।

ईअसंका आंगिक क्याम्पसहरुको नाजुक आर्थिक अवस्थालाई मध्नजर गर्दै वार्ता तथा छलफलमार्फत उत्पन्न असहज परिस्थितिको सामुहिक समाधान खोजीनु पर्ने उल्लेख छ।  इन्जिनियरिङ अध्ययन संस्थानका आंगिक क्याम्पसहरुलाई अन्तर्राष्ट्रियस्तरको अध्ययन तथा अनुसन्धान केन्द्रको रुपमा स्थापित गर्ने सामुहिक जिम्मेवारी रहेको भन्दै उक्त जिम्मेवारी वहन गर्न सबै सरोकारवाला पक्षहरुलाई विज्ञप्तीमा अनुरोध गरिएको छ।

प्रकाशित: १० भाद्र २०८०, आईतवार

तपाइको प्रतिक्रिया