
काठमाडौं ।
इन्टेल ११४ औँ जेन कोर प्रोसेसरमा सामान्य जेनेरेसनल इम्प्रुभमेन्ट हुने भएको छ। एमएसआईबाट लीक प्रशिक्षण भिडियोले इन्टेलको आगामी १४ औँ जेन कोर प्रोसेसरहरूको बारेमा जानकारी प्रस्तुत गरेको हो।
भिडियोमा इन्टेलको अघोषित १४ औँ जेन प्रोसेसरहरू, कोडनेम रेप्टर लेक -एस रिफ्रेसको बारेमा महत्त्वपूर्ण विवरणहरू समावेश छन्। एमएसआईका अनुसार, औसतमा इन्टेलको १४ औँ जेन प्रोसेसरहरू १३ औँ जेन भन्दा तीन प्रतिशत छिटो हुनेछ। तर कोर आई ७ ले मल्टिथ्रेड वर्कलोडहरूमा ठूलो १७ प्रतिशत बम्प देख्ने उल्लेख छ।
कोर आई५ -१४६०० के र कोर आई९ -१४९०० के को कोर गणनाहरू तिनीहरूको १३ औँ जेनका समकक्षहरू जस्तै रहने बताइएको छ। तर कोर आई७-१४७०० के यसको परफरमेन्स कोरमा बुस्ट प्राप्त गरिरहेको उल्लेख छ । आठ परफरमेन्स र आठ दक्षता कोरको सट्टा, कोर आई ७-१३७०० के ले १२ इफिसिएन्सी कोरहरू समावेश गर्नेछ, जसले निश्चित मल्टिथ्रेड वर्कलोडहरूमा १७ प्रतिशत सुधारको परिणाम दिने बताइएको छ।
त्यस्तै, एमएसआईले इन्टेलको १४ औँ जेन चिपहरूमा कुनै आर्किटेक्चरल चेन्जहरू नभएको बताएको छ। त्यसैले तिनीहरू १३ औँ जेन चिपहरू जस्तै इन्टेल ७ (१० एमएम ) प्रक्रियामा निर्मित रहेका उल्लेख छ।
उक्त सीपीयूहरूले एमएसआईबाट रहेका जेड ६९० र जेड ७९० मदरबोर्डहरूमा पनि काम गर्ने बताइएको छ। एमएसआईको भिडियो अनुसार, १४ औँ जेन चिपहरूले उच्च डिडिआर ५ फ्रिक्वेन्सीहरू र एल ३ क्याचमा सुधारहरू समर्थन गर्नेछ।
इन्टेलले अर्को महिना यसको इनोभेसन २०२३ कार्यक्रममा १४ औँ जेन प्रोसेसरहरू घोषणा गर्ने चर्चा छ।
प्रकाशित: १० भाद्र २०८०, आईतवार