
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले विवादमा परेपछि र अख्तियार दूरुपयोग अनुसन्धान आयोगको छानबिनमा आएसँगै टेरामोस वा टेरामोक्ससमेत भनिने प्रविधिका उपकरणहरु संचालनको योजनासहित धमाधम सार्न थालेको छ।
हाल प्राधिकरणको मुख्य कार्यालय जमलमा राखिएका ती उपकरणहरु धमाधम प्राधिकरणले चावहिलस्थित आफ्नो कार्यालयमा पुर्याएको हो।
प्राधिकरण स्रोतकाअनुसार बिहिबार र शुक्रबार ती उपकरणहरु सारिएका थिए।
“चर्को विवादमा परेसँगै टेरामोसका उपकरणहरु धमाधम चावहिल लगिँदैछन्। टेरामोस तत्काल जडान गरेर संचालन गर्ने योजना रहेको देखिन्छ,” प्राधिकरण स्रोतले टेक्नोलोजीखबरलाई भन्यो।
स्रोतकाअनुसार मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) राख्नका लागि तयार पारिएको उक्त कन्टेनर अफिसमा अब टेरामोसका उपकरणहरु पनि जडान र संचालन गरिने भएको छ।
अर्को एक स्रोतले पनि सिस्टम संचालन गर्ने तयारी भएको बताएको छ। स्रोतले दाबी गरेअनुसार अख्तियारले छानबिन गर्न लागेपछि सँगसँगै टेरामोस पनि जडान र संचालन गर्ने तयारी गरिएको हो।
“यसअघि अख्तियारले फाइल नै लगेर अनुसन्धान गर्न थालेपछि प्राधिकरण दबाबमा रहेको छ र भेन्डरलाई आश्वस्त तुल्याउन पनि छिटै सिस्टम जडानको योजनामा रहेको छ,” स्रोतले भनेको छ।
समाचार हेर्नुस्-
विवादित ‘टेरामोस’ बारेको सम्पूर्ण सक्कल निर्णयहरु दूरसञ्चार प्राधिकरणबाट लग्यो अख्तियारले
उता केहि समयअघि देखि प्राधिकरणले टेरामोसको बारेमा मिडियामा बयानबाजी शुरुगरेसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय असन्तुष्ट भएको छ। त्यसले पनि प्राधिकरणलाई दबाबमा पारेको छ। यसले गर्दा पनि हतारमा उपकरणहरु सारिएको अनुमान गरिएको छ।
सम्बन्धित समाचार-
शुरुवातदेखि नै प्राधिकरणले टेरामोस सिस्टमका हार्डवेयर उपकरहरु जडान गर्ने र नेटवर्क अपरेटरहरुलाई समेत दबाब दिने योजना लिएको छ। यसअघि एनसेल आजियाटा लिमिटेडमा पनि हार्डवेयर लगिएको र उसको सिस्टममा सफ्टवेयर जोड्न दबाब दिएको खुलासा भएको थियो।
जसमा एनसेलले उक्त सिस्टमको बारेमा बिस्तृत अध्ययन गरेर मात्र जडान गर्ने अडान सार्वजनिक गरिसकेको छ।
सम्बन्धित समाचार-
एनसेलले भन्यो:- ‘टेरामोस सिस्टममा जोडिएको छैन्, ग्राहक गोपनीयता हाम्रो उच्च प्राथमिकतामा’
यस्तै सरकारी दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले पनि सो सिस्टमको औचित्य नभएको भन्दै बारम्बार मन्त्रालयमा गुनासो व्यक्त गर्दै आएको छ।
अर्कोतर्फ प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भने उक्त सिस्टम टेरामोस कल ट्यापिङ गर्न नभई सेवाको गुणस्तर सुधार गर्न भएको दाबी गर्दै आएका छन्।
हेर्नुस् समाचार-
टेरामोस कल ट्यापिङ गर्न होइन, सेवाको गुणस्तर सुधार गर्न हो : दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनाल
तर गुणस्तर अनुगमन गर्न र सेवा सुधारको कार्य गर्नका लागि भने ड्राइभ टेस्टको उपकरणहरुको छुट्टै टेन्डरमार्फत क्याप्टेन रामेश्वर थापाको कम्पनीलाई ७ करोड भन्दा बढिको ठेक्का दिएको छ।
हेर्नुस समाचार-
दूरसञ्चार प्राधिकरणको ७ करोडको ठेक्का क्याप्टेन रामेश्वर थापाको कम्पनीलाई
शुरुवात देखिनै विवादमा परेको टेरामोसको उपकरण र सफ्टवेयर ल्याउने ठेक्का लेवनानको कम्पनी भ्यानराइज सलुसन्स एलएलसीले पाएको छ।
प्रकाशित: ९ भाद्र २०८०, शनिबार