
काठमाडौं ।
भारतीय मोटरसाइकल उत्पादन गर्ने टीभीएस मोटर कम्पनीले “एक्स” नामक आफ्नो नवीनतम इलेक्ट्रिक स्कुटर लन्च गरेको छ।
क्रियोनको रूपमा सुरुवात गरिएको प्रारम्भिक अवधारणाको पाँच वर्षको विकास पश्चात टीभीएस एक्स अन्ततः बजारमा प्रस्तुत गरिएको छ।
टीभीएस “एक्स” ले सिङ्गल चार्जमा ८७.५ माइल रेञ्ज प्रदान गर्ने
नयाँ स्कूटरले आफ्नो फ्युचरस्टिक र मिनिमलिस्ट डिजाइनको साथ ध्यानकर्षण गरेको जनाइएको छ। भर्टिकल स्ट्याक्ड एलईडी हेडलाइट, नेकेड अपियरेन्स र केन्द्रमा देखाइएका सबस्ट्रक्चरहरू जस्ता फिचर्सहरूले स्कूटरको मोडर्न स्टाइललाई हाइलाइट गरेको छ।
टेक्नोलोजीकल फ्रन्ट तर्फ टीभीएस एक्समा ११–किलोवाट इलेक्ट्रिक मोटरको साथ आउने र सो मोटर ६५ माइल प्रति घण्टाको गतिमा पुग्न सक्षम भएको जनाइएको छ।
एक्सएल्थ, एक्सट्राइड र एक्सोनिक सहित तीन ओटा डिस्टिङ्गटिभ राइड मोडहरूका साथ स्कूटरले पर्फमेन्समा भर्सट्यालिटी अफर गर्ने (प्रदर्शनमा बहुमुखी प्रतिभा प्रदान गर्ने) उल्लेख गरिएको छ। त्यस्को साथै ब्याट्री स्पेसिफिकेशन पनि प्रभावकारी भएको उल्लेख गरिएको छ।
४.४४ किलोवाट आवर प्याकले सिङ्गल चार्जमा ८७.५ माइल रेञ्ज प्रदान गर्ने दाबी गर्नुका साथै फास्ट चार्ज अप्सन्स (विकल्पहरू) पनि रहेको छ।
टीभीएसले एक्सलाई भारतको एबीएस सहितको पहिलो इलेक्ट्रिक स्कुटरको रूपमा प्रस्तुत गर्दै डिजाइनमा सुरक्षालाई प्राथमिकता दिएको दाबी गरेको छ।
स्मार्ट एक्सहिल्ड टेक्नोलोजीको इन्टिग्रेसन (एकीकरण) ले अतिरिक्त मोडर्न सेफ्टी फिचर्स (आधुनिक सुरक्षा सुविधाहरू) प्रदान गर्ने र सो फिचर स्कूटरको १०.२५–इन्चको डिस्प्ले मार्फत पहुँचयोग्य भएको उल्लेख गरिएको छ।
टीभीएस एक्सको मूल्य भारु २,४९,९९० (लगभग ३,०३० अमेरिकी डलर) रहेको छ भने बजारको प्रिमियम खण्डमा यस इलेक्ट्रिक स्कुटरलाई समावेश गरिएको छ। आउँदो डिसेम्बरदेखि बुकिङहरू सुरु गरिनुका साथै क्षेत्रको आधारमा रोल आउट गरिने छ।
प्रकाशित: ९ भाद्र २०८०, शनिबार