ओला एसवान एयर इलेक्ट्रिक स्कुटरको डेलिभरी भारतमा सुरु

  • Technology Khabar | ९ भाद्र २०८०, शनिबार
ओला एसवान एयर इलेक्ट्रिक स्कुटरको डेलिभरी भारतमा सुरु

काठमाडौं ।

ओला इलेक्ट्रिकले ओला एसवान एयर इलेक्ट्रिक स्कुटरको डेलिभरी भारतमा सुरु गरेको छ। कम्पनीका अनुसार नयाँ मोडलको ५० हजार भन्दा धेरै बुकिङ प्राप्त भएको छ।

ओला एसवान एयरलाई एसवान प्रो र एसवान एक्स मोडलको बीच भेरियन्टको रुपमा लिइएको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

ओला एसवान एयरको मूल्य १ लाख २० हजार भारु एक्स शोरुमा तोकिएको छ। कम्पनीले यसलाई १ लाख १० हजार भारुको सुरुवाती मूल्यमा लन्च गरेको थियो। ३० जुलाईसम्म बुकिङ गर्नेका लागि उक्त सुरुवाती मूल्यमा कम्पनीले उपलब्ध गराउने घोषणा गरेको थियो। तर अहिले अधिक मागका कारण कम्पनीले यो अफर १५ अगष्टसम्म लम्बाएको छ।

ओला एसवान एयरलाई ओला एसवान प्रो प्लेटफर्ममा तयार गरिए पनि यसको फिचर्स भने कटौती गरिएको छ। मूल्य समायोजन गर्न फिचर्समा कटौती गरिएको कम्पनीको दाबी छ।

ओला एसवान एयरमा ३ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ। यसले सिंगल चार्जमा १२५ किलोमिटर रेञ्ज प्रदान गर्छ। यस इलेक्ट्रिक स्कुटरमा ४.५ किलोवाट हब मोटर दिइएको छ। ओला एसवान एयर इलेक्ट्रिक स्कुटरको टप स्पीड ९० किलोमिटर प्रति घण्टा छ।

ओला एसवान एयर इलेक्ट्रिक स्कुटरले ३.३ सेकेन्डमा ० देखि ४० किलोमिटर प्रति घण्टा गति प्राप्त गर्छ। सस्पेन्सनको अघि टेलिस्कोपिक फोक्र्स र पछाडि ट्विन शोक अब्जर्बर दिइएको छ। ओला एसवान एयर इलेक्ट्रिक स्कुटरमा ब्रेकिङका लागि दुबै चक्कामा ड्रम ब्रेक दिइएको छ।

स्कुटरलाई नयाँ नियान ग्रीन रंग विकल्पमा ल्याइएको छ। ओला एसवान एयर इलेक्ट्रिक स्कुटरमा एउटा ग्रैब रेल दिइएको छ। यसमा ७.० इन्चको टचस्क्रीन, एलईडी लाइटिङ, ब्लूटूथ कनेक्टिभिटी, रिभर्स मोड, राइड मोड, क्रूज कन्ट्रो र नेभिगेशन लगायत दिइएको छ।

प्रकाशित: ९ भाद्र २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार