सामसङ स्मार्ट ट्याग २ अक्टोबरमा आउने

  • Technology Khabar | ९ भाद्र २०८०, शनिबार
सामसङ स्मार्ट ट्याग २ अक्टोबरमा आउने

काठमाडौं ।

दोस्रो पुस्ताको सामसङको स्मार्ट ट्र्याकर केही हप्ता अघि नै एनबीटीसी र एफसीसी मार्फत पास भइसकेको हुनाले अब यो बजारमा आउने तयारीमा छ। साथै एफसीसी लिस्टिङमा स्मार्ट ट्याग २ लाई राम्रोसँग देखाइएको छ।

बेलायती रिटेलर मोबाइलफनकाअनुसार, कम्पनीले आगामी अक्टोबरमा स्मार्टट्याग २ को घोषणा गर्ने उल्लेख गरिएको छ। साथै कालो र सेतो गरी दुई रङहरूमा डिभाइसको केही आधिकारिक देखिने रेन्डरहरू पनि प्राप्त गरेको जीएसएमएरिनामा उल्लेख गरिएको छ।

रिपोर्ट अनुसार, नयाँ ट्यागले डिफल्ट (पूर्वनिर्धारित रूपमा) यूडब्ल्यूबी कनेक्टिभिटीलाई समर्थन गर्ने हुनाले यस वर्ष प्लस भेरियन्टको लागि बढी खर्च गर्नु नपर्ने उल्लेख गरिएको छ।

त्यसैगरी यस नयाँ ट्यागले गुगलको फाइन्ड माई डिभाइस फङ्गसनसँग पनि काम गर्ने सम्भावा रहेको र यसलाई सबै एन्ड्रोइड फोनहरूले समर्थन गर्ने उल्लेख गरिएको छ।

प्रकाशित: ९ भाद्र २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...