सामसङ ग्यालेक्सी वाच ६ क्लासिकको विशेष संस्करण “एस्ट्रो” सार्वजनिक

  • Technology Khabar | ९ भाद्र २०८०, शनिबार
सामसङ ग्यालेक्सी वाच ६ क्लासिकको विशेष संस्करण “एस्ट्रो” सार्वजनिक

काठमाडौं ।

सामसङले ग्यालेक्सी वाच ६ क्लासिकको नयाँ विशेष संस्करण “एस्ट्रो संस्करण” सार्वजनिक गरेको छ। ग्यालेक्सी वाच ६ क्लासिक एस्ट्रो एडिसन एस्ट्रोलेबल इन्सपायर्ड बेजेलको साथ सार्वजनिक गरेको हो।

एस्ट्रोलेबल, एक पुरानो उपकरण जसले वैज्ञानिक र यात्रुहरूलाई समय बताउन र आफ्नो बाटो नेभिगेट गर्न मद्दत गर्दछ।

यो मिडल इस्ट एण्ड नर्थन अफ्रिका (मेना क्षेत्र/मध्य पूर्व र उत्तर अफ्रिका) को लागि पहिलो विशेष संस्करण ग्यालेक्सी वाच हुने उल्लेख छ।

एस्ट्रोलेबलाई “विशेष गरी समय, खगोल विज्ञान र गणितमा यस क्षेत्रको वैज्ञानिक र नवीन योगदानहरूको विरासतको प्रतीक” को रूपमा चयन गरिएको थियो।

सामसङले ग्यालेक्सी वाच ६ क्लासिक एस्ट्रो संस्करण  ४७ एमएम साइजमा मात्र उपलब्ध रहेको तथा यसमा “ब्ल्याक एस्ट्रो” बेजेल, थप कपडाको स्ट्र्याप, एस्ट्रो एडिसन सङ्कलनयोग्य वस्तुहरू र विशेष सफ्टवेयर फीचर्सहरू तथा घडीका फेसहरू रहेका बताइएको छ।

यसमा कम्पास कम्प्लिकेसन, चन्द्र र सोलार ट्रयाकरहरू समावेश छन्। त्यस्तै, एस्ट्रो संस्करण किन्दा प्रयोगकर्तालाई सामसङको भीआइपी विशेष प्रमोशन स्टोरमा पहुँच प्रदान गर्ने उल्लेख छ।

एस्ट्रो संस्करण वाच यूएइ , कुवेत, कतार, बहराइन, ओमान, साउदी अरेबिया, इराक, इजिप्ट, जोर्डन, टर्की तथा मोरक्को सहित धेरै मध्यपुर्वका बजारहरूमा उपलब्ध हुने बताइएको छ।

ग्यालेक्सी वाच ६  क्लासिक क्लासिक एस्ट्रो संस्करणको मूल्य निर्धारण र थप लन्च विवरणहरू स्थानीय स्तरमा नै उपलब्ध हुने उल्लेख छ।

प्रकाशित: ९ भाद्र २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार