प्रिन्ट कार्ड नै सकियो, दस लाखप्रति स्मार्ट लाइसेन्स छाप्न बाँकी

  • Technology Khabar | ८ भाद्र २०८०, शुक्रबार

काठमाडौं ।

१० लाखप्रति सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्न बाँकी छ। यो सङ्ख्या स्मार्ट लाइसेन्स लागु भएदेखि हालसम्मकै सबैभन्दा धेरै हो।

यातायात व्यवस्था विभागले हाल नियमित छपाइको काम बन्द गरेको छ। प्रिन्ट कार्ड सकिएकाले हाललाई बन्द गरिएको विभागले जनाएको छ।

अत्यावश्यक बाहेकका लाइसेन्स छाप्ने काम बन्द छ। विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले भने, “छपाइ कार्ड सकिएको छ। हाल अत्यावश्यक छपाइ मात्र भएको छ। विदेश पढ्न जाने, शान्ति सेनामा जाने वा कामका लागि विदेश जानेको लाइसेन्स प्रिन्ट हुन्छ।”

हाल विभागसँग छपाइ कार्ड ७० हजारको सङ्ख्यामा छ । कार्ड खरिदका लागि सम्झौता भएको पाँच महिना भइसक्यो तर कार्ड आएको छैन । एक डेढ महिनामा आउने सम्भावना रहेको प्रवक्ता पनेरुको भनाइ छ ।

विभागसँग एउटा मात्रै मासप्रिन्टर छ, जसले दैनिक चार हजार पाँच सय प्रतिप्रिन्ट गर्छ तर कार्ड नभएका कारण प्रिन्टरको दैनिक क्षमता अनुसार काम हुन पनि सकेको छैन । गोरखापत्रबाट

प्रकाशित: ८ भाद्र २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

केयुमा ‘आइटी–मिट’को आयोजना

  • Technology Khabar
  • ९ पुष २०८२, बुधबार