
काठमाडौं ।
गुगल टिभीले फेरि आफ्नो निःशुल्क लाइभ टिभी लाइनअप विस्तार गर्दैछ। गत अप्रिलमा कम्पनीले गुगल टिभी सेवा ८०० भन्दा लाइभ च्यानलहरु समावेश गर्न अघि बढीरहेको घोषणा गरेको थियो। जसमा टुबी, प्लेक्स, हेस्ट्याक लगायत च्यानलहरू समावेश छन्।
कम्पनीले बुधबार आफ्नो लाइनअपमा थप २५ निः शुल्क च्यानलहरू थपेको टेकक्रन्चले उल्लेख गरेको छ। जसलाई कुनै पनि अतिरिक्त एपहरू इन्स्टल नगरीकन वा साइन इन नगरी हेर्न सकिन्छ।
थपको साथ अहिले कुल ८०० निःशुल्क च्यानलहरूमध्ये १०० भन्दा बढी निःशुल्क बिल्ट-इन च्यानलहरू भएको गुगलले बताएको छ।
नयाँ च्यानलमध्ये ‘टप गियर’ र ‘बेवाच,’ प्लस गेम शो, संगीत च्यानलहरू, बहुसांस्कृतिक मनोरन्जन लगायत टिभी कार्यक्रमहरू समावेश छन्।
योे गुगलद्वारा यस वर्षको सुरुमा थपेका विद्यमान निःशुल्क च्यानलको पूरक हो। जस्तै एनबीसी, एबीसी, फकस र सीबीएसबाट समाचार च्यानलहरू र ‘वेस्टवर्ल्ड,’ ‘ल एण्ड अर्डरः एसभीयू’ र ‘द वाकिङ डेड’ जस्ता कार्यक्रमहरू प्रस्तुत गर्ने अन्य च्यानलहरु छन्।
फास्ट च्यानल वा निः शुल्क विज्ञापन–समर्थित टेलिभिजन, हालका महिनाहरूमा उपभोक्ताद्वारा अपनाउने दर वृद्धि भएको छ। किनभने उपभोक्ताहरूले सब्सक्रिप्सन स्ट्रिमिङ सेवाहरू र आवश्यक नभएका अन्य खर्चहरूमा आफ्नो विवेकी खर्चलाई कडा पारेका छन्।
यूट्यूब टिभी लगायत स्ट्रिमर्समा बढ्दो सब्सक्रिप्सन मूल्यहरू र नेटफ्लिक्समा पासवर्ड क्र्याकडाउनको साथमा निःशुल्क स्ट्रिमिङ लोकप्रिय विकल्प बन्दै गइरहेको छ।
प्रकाशित: ८ भाद्र २०८०, शुक्रबार