
काठमाडौं ।
शाओमी एमएस ११ इलेक्ट्रिक सेडानका तस्विरहरु अनलाइनमा देखा परेका छन्। चीनको उरुम्ची-छाङ्जी सहरी एक्सप्रेस वे मा सेडानले उच्च तापक्रम परीक्षण गरिरहेको उल्लेख छ।
शाओमी एमएस ११ को ब्याट्रीको विवरण जून महिनामा लीक भएको थियाे। यो इलेक्ट्रिक कारले १०१ किलोवाट प्रति घण्टा टर्नरी (एनएमसी ) ब्याट्रीको साथ लङ रेन्ज भर्सनलाई बुस्ट गर्ने बताइएको छ।
यसले ८०० किलोमिटरको दायराको प्रतिज्ञा गरेको तथा याे ८०० भोल्ट आर्किटेक्चरमा निर्मित रहेकाे पनि उल्लेख छ। यसकाे इनर्जी डेन्सीटी १५७ वाटआवर/किलोग्राममा रहेको छ ।
यसकाे लागतको विषयमा, एमएस ११ सेडानले टेस्ला मोडल ३, बिवाइडी सिल, डिपल एसएल ०३ र अन्य धेरै चिनियाँ इलेक्ट्रिक भेहिकल सेडान्स जस्ता ठूला गाडीहरूसँग प्रतिस्पर्धा गर्न तयार रहेको बताइएको छ। यसले इभीलाई २ लाख चिनियाँ युआन (यूरो २५ हजार पाँच सय ) को अत्यधिक प्रतिस्पर्धात्मक मूल्य दायरामा राख्ने उल्लेख छ।
प्रकाशित: ८ भाद्र २०८०, शुक्रबार