
काठमाडौं ।
चीनको बीवाईडी कम्पनी लिमिटेड र दक्षिण कोरियाको केजी मोबिलिटी कम्पनी लिमिटेड संयुक्त रूपमा दक्षिण कोरियामा विद्युतीय सवारी साधन (इभी) ब्याट्री प्लान्ट निर्माण गर्न वार्तामा रहेको स्रोतलाई उदृत गर्दै रोयटर्सले रिपोर्ट गरेको छ।
चिनियाँ ब्याट्री तथा ईभी निर्माता र दक्षिण कोरियाली अटोमेकरले यस उद्यम मार्फत स्थिर ब्याट्री आपूर्ति सुरक्षित गर्ने आशा राखेका छन्।
ब्लूमबर्गले अज्ञात उद्योग स्रोतहरूलाई उद्धृत गर्दै कारखानाले जनवरी २०२५ मा ठूलो उत्पादन सुरु गर्ने लक्ष्य राखेको रिपोर्ट गरेको छ।
विश्वको नम्बर २ इभी ब्याट्री निर्माता बीवाईडी र पहिले साङ्गयोङ्ग मोटर कम्पनीको रूपमा चिनिने केजी मोबिलिटीलको उद्यम दक्षिण कोरियामा चिनियाँ ब्याट्री सेल निर्माता र दक्षिण कोरियाली कार निर्माता बीचको पहिलो संयुक्त कारखाना हुनेछ।
विश्लेषकहरूले दक्षिण कोरियामा बीवाईडीको प्रवेशले, विश्वका तीन ठूला ब्याट्री उत्पादकहरूएलजी इनर्जी सोलुसन, सामसङ एसडीआई र एसके अनको घरमा यसको ग्राहक आधार विस्तार गर्न मद्दत गर्न सक्ने बताएका छ्न्।
पछिल्लो समय चिनियाँ ब्याट्री सामग्री फर्महरूले दक्षिण कोरियामा लगानी बढाइरहेका छन्, चिनियाँ आपूर्ति श्रृंखलाहरूमा निर्भरता कम गर्ने उद्देश्यले अमेरिकी विद्युतीय सवारी (इभी) कर क्रेडिट नियमहरूलाई आकर्षित गर्न यस वर्ष अरबौं डलरको परियोजनाहरू घोषणा गर्दै छन्।
प्रकाशित: ७ भाद्र २०८०, बिहीबार