स्मार्टफोनमा डाइमेन्सिटी ९३०० प्रोसेसरले जेनेरेटिभ एआई चलाउने मिडियाटेकको दाबी

  • Technology Khabar | ७ भाद्र २०८०, बिहीबार
स्मार्टफोनमा डाइमेन्सिटी ९३०० प्रोसेसरले जेनेरेटिभ एआई चलाउने मिडियाटेकको दाबी

काठमाडौं ।

उल्लेखनीय प्राविधिक विकासमा मिडियाटेक र क्वालकमले हालै मेटासँगको सहयोगी प्रयासहरूको बारेमा खुलासा गरेका छन्।

दुबै सेमिकन्डक्टर जायन्टहरूले आफ्नो आगामी फ्ल्यागशिप प्रोसेसरयुक्त मोबाइल उपकरणहरूमा मेटाको ‘लामा २’ अर्थात लार्ज ल्याङ्गग्वेज मोडेल (एलएलएम) लागू गर्ने योजनाहरूको घोषणा गरेका छन्।

चर्चाकाअनुसार मिडियाटेकको अर्को पुस्ताको फ्ल्यागशिप चिपसेट मानिएको डाइमेन्सिटी ९३०० लाई यस वर्षको अन्त्यमा लन्च गरिने योजना रहेको छ। यसले जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स एप्लिकेसनहरूको कार्यसम्पादन बढाउनका लागि लामा २ र अपग्रेड गरिएको हार्डवेयर संचालन गर्न अप्टिमाइज्ड सफ्टवेयर स्ट्याक फिचर गर्नेछ।

क्वालकमले अघिल्लो महिना यस्तै योजनाहरूको घोषणा गरेको र उद्योगमा अन–डिभाइस जेनेरेटिभ एआई तर्फको ट्रेन्ड (प्रवृत्ति) लाई संकेत गरेको उल्लेख गरिएको छ।

यो इनोभेसनको एक प्रमुख लाभ भनेको गोपनीयतामा वृद्धि भएको उल्लेख गरिएको छ। जेनेरेटिभ एआई टास्कहरू स्थानीय रूपमा चलाउनु भनेको प्रयोगकर्ताहरूको डाटा प्रशोधनका लागि क्लाउडमा पठाउनु नपर्ने उल्लेख गरिएको छ। साथै यसले एन्हान्स्ड सेक्युरिटी मेजर्स (परिष्कृत सुरक्षा उपायहरू) र व्यक्तिगत जानकारीमा ठूलो नियन्त्रणको नेतृत्व गर्न सक्ने जनाइएको छ।

डाइमेन्सिटी ९३०० चिपसेटको विवरणहरू अनुसार रेडिकल डिजाइन सहितको आर्मको कोरटेक्स–एक्स४ र ए७२० सीपीयू कोर्स र इमोर्टेलीस–जी७२० जीपीयू लगायत स्पेसिफिकेसन्स रहने सुझाव दिएको उल्लेख गरिएको छ।

यी विकासहरूले थप शक्तिशाली, गोपनीयता–सचेत स्मार्टफोनहरूको लागि महत्त्वपूर्ण कदम प्रतिनिधित्व गर्ने उल्लेख छ। मिडियाटेक र क्वालकम दुबै अन–डिभाइस एआई क्षमताहरू तर्फ अघि बढ्दै गर्दा, उपभोक्ताहरूले २०२३ को अन्त्यसम्ममा थप रेसपोन्सिभ र सेक्युअर मोबाइल टेक्नोलोजी (सुरक्षित मोबाइल प्रविधि) हासिल गर्नसक्ने छन्।

प्राइभेसी र डाटा सेक्युरिटि (गोपनीयता र डाटा सुरक्षा) को बारेमा बढ्दो चिन्ताको सन्दर्भमा, यी घोषणाहरू स्वागतयोग्य कदम भएको उल्लेख छ। साथै अन–डिभाइस जेनेरेटिभ एआईको क्षेत्रमा मेटासँगको सहकार्यले मोबाइल उद्योगमा नयाँ मानक स्थापित गर्ने सम्भावना भएको र आगामी वर्षहरूमा थप नवीनता ल्याउन सक्ने बताईएको छ।

प्रकाशित: ७ भाद्र २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...