डेढ लाख डलरको पीएमपीएल साउथ एशिया च्याम्पियनशिप सुरु, पाँच नेपाली टिम प्रतिस्पर्धामा

  • Technology Khabar | ७ भाद्र २०८०, बिहीबार
डेढ लाख डलरको पीएमपीएल साउथ एशिया च्याम्पियनशिप सुरु, पाँच नेपाली टिम प्रतिस्पर्धामा

काठमाडौं ।

पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एशिया च्याम्पियनशिप फल २०२३ आजदेखि सुरु हुने भएको छ। डेढ लाख अमेरिकी डलरको कुल पुरस्कार राशीको प्रतियोगिताको लिग चरण २४ अगष्टदेखि २७ अगष्टसम्म खेलिनेछ।

पीएमपीएल साउथ एशिया च्याम्पियनशिप लिग र फाइनल गरी दुई चरणमा खेलिनेछ। लिग चरणमा शीर्ष १६ स्थानमा रहने टिम फाइलनमा पुग्ने छन्। ४ दिनसम्म चल्ले लिग चरणको प्रत्येक दिन ५ खेल हुनेछ र एउटा टिमले एक दिनमा कुल ४ खेल खेल्नेछ। लिग चरणमा कुल २० खेल हुनेछ।

लिग चरणमा पीएमपीएल साउथ एशिया र पीएमपीएल पाकिस्तानका २० टिमबीच प्रतिस्पर्धा हुनेछ।

पीएमपीएल साउथ एशियाबाट ६ मंगोलियन टिम, ५ नेपाली टिम र एक बंगलादेशी टिम र पीएमपीएल पाकिस्तानबाट ८ टिम पीएमपीएल साउथ एशिया च्याम्पियनशिपका लागि छनोट भएका हुन्।

फाइलन ३१ अगष्टदेखि ३ सेक्टेम्बरसम्म हुनेछ। ४ दिनसम्म चल्ने फाइलनमा प्रत्येक दिन ६ खेल खेलिनेछ। २४ खेलपछि अंक तालिकाको शीर्ष ४ स्थानमा आउने टिम पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी)का लागि छनोट हुनेछन्। पीएमजीसीका लागि पाकिस्तान पीएमपीएलबाट आई८ र साउथ एशिया पीएमपीएलबाट स्लटलवार्ट इस्पोर्ट् छनोट भइसकेका छन्। यदि यी दुई टिम शीर्ष ४ भित्रमा आएमा उनीहरु भन्दा तल रहने टिम पीएमजीसीका लागि छनोट हुनेछन्।

यस प्रतियोगिताको विजेताले २६ हजार अमेरिकी डलर पाउनेछ भने लिग चरणबाट बहिरिने ४ टिमले समान एक÷एक हजार अमेरिकी डलर प्राप्त गर्नेछन्।

प्रकाशित: ७ भाद्र २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...