भारतको चन्द्रयान ३ चन्द्रमामा सफलतापूर्वक अवतरण

  • Technology Khabar | ६ भाद्र २०८०, बुधबार
भारतको चन्द्रयान ३ चन्द्रमामा सफलतापूर्वक अवतरण

काठमाडौं ।

भारतको चन्द्रयान ३ ले चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको छ। यो अवतरणसँगै भारत चन्द्रमाको दक्षिणी धुव्रमा अवतरण गर्ने पहिलो राष्ट्र बनेको छ।

चन्द्रयान ३ को सफलतासँगै चन्द्रमाको सतहमा अवतरण गर्ने भारत चौथो देश बन्न सफल भएको हो।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय र अन्तरिक्ष वैज्ञानिकलाई यस उपलब्धिका लागि बधाई दिएका छन्।

भारतले १४ अगष्टमा चन्द्रयान ३ चन्द्रमाका लागि प्रक्षेपण गरेको थिए। जमिन छोडेको ९ दिन पछि चन्द्रयान सफलतापूर्वक चन्द्रमामा अवतरण भएको हो।

चन्द्रयान–३ का प्रमुख लक्ष्यमध्ये एक पानीमा आधारित बरफको खोजी गर्नु हो जसले भविष्यमा चन्द्रमामा मानव बसोबास हुनसक्ने तर्कलाई सघाउने वैज्ञानिकहरू बताउँछन्।

रुसको लुना–२५ चन्द्रमाको सोही क्षेत्रमा अवतरण हुने क्रममा दुर्घटना भएको केही दिनपछि भारतको यो महात्वाकांक्षी प्रयास सार्वजनिक भएको हो ।

चन्द्रमाको दक्षिणी ध्रुवमा हिमजलको खोजी चन्द्रयान–३ को मुख्य लक्ष्य भएका बताउँदै इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन ९इसरो०ले त्यहाँ सधैँ छायामा रहने सतह अधिक रहेका र उक्त क्षेत्रमा पानीको सम्भावना रहेको जनाएको छ।

अमेरिका, पूर्व सोभियत सङ्घ र चीनले चन्द्रमाको भूमध्य रेखा नजिक ‘सफ्ट ल्यान्डिङ’ गरे पनि दक्षिणी ध्रुवमा अवतरण गरेका थिएनन्।

सन् २०१९ मा दक्षिणी ध्रुव नजिक आफ्नो चन्द्रयान–२ अवतरण गर्ने भारतको प्रयास असफल भएको थियो। त्यतिबेला चन्द्रयान–२ चन्द्रमाको सतहमा खसेको थियो। त्यसैले आज भारतीय मात्र नभई अन्तरिक्ष विज्ञानमा रुची राख्ने सबैको दृष्टि चन्द्रयान–३ मा छ।

सन् १९६२ को जनवरी २३ मा तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले अन्तरिक्ष अनुसन्धानका निम्ति राष्ट्रिय समिति गठन गरेर भारतलाई अन्तरिक्ष युगतर्फको पहिलो यात्रामा निस्कन अभिप्रेरित गरेका थिए।

प्रकाशित: ६ भाद्र २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार