Technology Khabar ६ भाद्र २०८०, बुधबार
काठमाडौं ।
भारतको चन्द्रयान–३ मिसन बुधबार चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने तयारीमा छ। इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (आईएसआरओ) ले विश्वभर विभिन्न समयमा यसको प्रत्यक्ष प्रसारण गर्ने योजना बनाएको छः
न्यूयोर्क (ईडीटी): बिहान ८ः३४ (New York (EDT): 8:34 AM)
लस एन्जलस (पीडीटी): बिहान ५ः३४ (Los Angeles (PDT): 5:34 AM)
लन्डन (बीएसटी): १ः३४ पीएम (London (BST): 1:34 PM)
नयाँ दिल्ली (आईएसटी): ६ः०४ पीएम (New Delhi (IST): 6:04 PM)
टोकियो (जेएसटी): राति ९ः३४ (Tokyo (JST): 9:34 PM)
सिड्नी (एईएसटी): १०ः३४ पीएम (Sydney (AEST): 10:34 PM)
इसरो सँग स्पेस रेस (अन्तरिक्ष दौड) मा सबैभन्दा कम बजेट रहेता पनि यसले बारम्बार डेलिभर गर्छ
नेपाली समय अनुसार प्रत्यक्ष प्रसारण साँझको १६ बजेर १९ मिनेटमा हेर्न सकिन्छ।
यो मिसन भारतका लागि निकै ठूलो कुरा भएको उल्लेख गरिएको छ। सन् २०१९ मा चन्द्रयान–२ असफल भएपछि चन्द्रयान–३ आएको उल्लेख छ। चन्द्रयान–२ चन्द्रमामा जाने क्रममा बाटोमा दुर्घटनाग्रस्त भएको थियो। साथै इसरो ले उक्त अनुभवबाट धेरै कुराहरु सिकेको उल्लेख गरिएको छ। नयाँ मिसनसँग अवतरण क्षेत्र, सफ्टवेयर अपडेट्स (अद्यावधिकहरू) र ब्याकअप प्रणालीहरूमा परिवर्तनहरू सहित राम्रो डिजाइन रहेको उल्लेख गरिएको छ।
चन्द्रमाको दक्षिणी ध्रुव अवतरण गर्नको लागि कठिन स्थान भएको जनाइएको छ। सो स्थानमा रफ ग्राउण्ड (कच्ची जमिन) र क्रेटर्सका धेरै छायाहरू हुने उल्लेख गरिएको छ। तर वैज्ञानिकहरूले त्यहाँ वाटर आईस (पानीको बरफ) हुन सक्ने ठानेकाले यो रोमाञ्चक पनि भएको उल्लेख छ। साथै यसले चन्द्रमाको भावी यात्राहरूमा मद्दत गर्न सक्नेछ।
इसरो ले आफ्नो एक्स खाता (पहिले ट्विटर) मार्फत मिसनको बारेमा सबैलाई अपडेट गराई रहेको छ। इसरो ले मंगलबारको एक प्रारम्भिक पोस्टमा “मिसन तालिकामा छ। प्रणालीहरू नियमित रूपमा जाँचहरू भइरहेका छन्। सहज यात्रा जारी छ।” भनेर उल्लेख गरेको थियो।
त्यसैगरी भारतको चन्द्रयान–३ मिसनले देश कसरी अन्तरिक्ष प्रविधिमा अघि बढिरहेको छ भनेर देखाएको उल्लेख गरिएको छ। साथै तिनीहरूले चन्द्रमाको दक्षिणी ध्रुवमा सफलता पूर्वक सफ्ट ल्यान्डिङ्ग (नरम अवतरण) गर्न सक्छन् कि सक्दैनन् भनेर विश्वले हेरिरहेको उल्लेख छ।
चन्द्रयान–३ ले सफलता पूर्वक सफ्ट ल्यान्डिङ्ग गरेको खण्डमा भने यो अन्तरिक्ष अन्वेषणको लागी एक ठूलो कदम हुने जनाइएको छ।
यस अन्तरिक्ष एजेन्सीसँग विश्वमा सबैभन्दा कम बजेट रहेको तापनि यसले विगतमा महत्त्वपूर्ण शीर्षकहरू बनाउँदै आएको छ।
चन्द्रयान ३ ल्यान्डिङको प्रत्यक्ष प्रसारण यहाँ हेर्नुहोस्ः https://www.youtube.com/watch?v=DLA_64yz8Ss
प्रकाशित: ६ भाद्र २०८०, बुधबार