आइक्यूओओ जेड ८ एनटुटुमा डाइमेन्सिटी ८२०० सहित देखियो

  • Technology Khabar | ६ भाद्र २०८०, बुधबार
आइक्यूओओ जेड ८ एनटुटुमा डाइमेन्सिटी ८२०० सहित देखियो

काठमाडौं ।

चिनियाँ ब्राण्ड आइक्यूओओको नयाँ स्मार्टफोन आइक्यूओओ जेट ८ एनटुटुमा डाइमेन्सिटी ८२०० सहित देखा परेको छ।

एनटुटु सूचीका अनसार, यो १२ जीबी र्याम तथा  ५१२ जीबी  आन्तरिक भण्डारणको साथ कन्फिगरेसन हुनेछ। टपमा ओरिजिन ओएस ३.० को साथ एन्ड्रोइड १३ ले सफ्टवेयर साइडलाई कभर गर्ने उल्लेख छ।

अघिल्लो चर्चाका अनुसार, डिभाइसले एफएचडी प्लस रिजोल्युसन तथा ६.६४ इन्च डायग्नोलको साथ १२० हर्ज एलसीडी आइपीएस फिचर गर्ने बताइएको छ।

५,००० एमएएच ब्याट्री तथा १२० वाट फास्ट चार्जिङको साथ डिभाइस १६ एमपी सेल्फी क्यामरा र ओआइएससंगै ६४ मेगापिक्सेलको मुख्य शूटरयुक्त रहने उल्लेख छ।

प्रकाशित: ६ भाद्र २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार