सामसङ ग्यालेक्सी एस२४ अल्ट्रा को रेन्डर सार्वजनिक

  • Technology Khabar | ६ भाद्र २०८०, बुधबार
सामसङ ग्यालेक्सी एस२४ अल्ट्रा को रेन्डर सार्वजनिक

काठमाडौं ।

सामसङ ग्यालेक्सी एस२४ अल्ट्राको लन्च हुनलाई अझै पनि महिनौँ बाँकी भएतापनि यसको अफवाह र कन्सेप्ट भिडियोहरूले ग्राउन्डब्रेकिङ्ग फिचर्सहरूको संकेत गर्दै चासो जगाइरहेको छ।

उक्त फिचर्सहरूले सामसङको इनोभेसन (नवप्रवर्तन) को नेतृत्व गरिरहेको छ वा केवल उद्योग प्रवृत्तिहरू मात्र पछ्याई रहेको छ भन्ने चर्चा गरिएको छ।

सामसंगको एस२४ अल्ट्रामा नयाँ टाइटेनियम फ्रेम रहने अफवाहहरू रहेको छन्। उक्त टाइटेनियम फ्रेम निस्सन्देह रुपमा बलियो र हल्का हुने जनाइएको छ। साथै आगामी आईफोन १५ प्रो मा पनि टाइटेनियम फ्रेम रहने अफवाह रहेको र एस२४ अल्ट्राको यस अफवाहले आईफोन १५ प्रो को अफवाहरुलाई समान तवरले मिरर गरेको उल्लेख गरिएको छ।

यो “आर्मर एल्युमिनियम” को रिभोलुन नभए तापनि इभोलुसन भएको उल्लेख गरिएको र यसलाई सामसङ पहिले नै प्रयोग गरेको जनाइएको छ।

ग्यालेक्सी एस२४ अल्ट्रामा आफ्नो अघिल्लो अल्ट्रा मोडेलहरूको भन्दा थोरै कर्भ्ड फ्रेमका साथ अलग किसिमको हुनसक्ने छ।

ग्यालेक्सी एस२४ अल्ट्राको डिस्प्ले साइजमा ०.१ इन्चको वृद्धि र ओएलईडी प्यानललाई १४४ हर्जमा गरिने अपग्रेडलाई सामान्य परिवर्तनको रूपमा देख्न सकिने छ। त्यस्को साथै, ग्यालेक्सी एस२४ अल्ट्रामा समावेश गरिने क्वालकम स्न्यापड्रागन ८ जेन ३ र र्यामको वृद्धिले पर्फमेन्स (कार्यसम्पादन) को लागि थप संकेत गर्ने उल्लेख गरिएको छ।

अफवाहमा रहेको ५० मेगापिक्सेल टेलिफोटो लेन्स र एन्हान्सड लो–लाइट क्याप्चरको साथ नयाँ क्यामरा प्रणाली आशाजनक देखिएको उल्लेख छ।

एक्स्क्लुसिभ रेड र ग्रिन अप्सन्स (विशेष रातो र हरियो विकल्पहरू) को इन्ट्रोडक्सन (प्रस्तुती) लाई आकर्षणको रूपमा हेर्न सकिने जनाइएको छ।

ग्यालेक्सी एस२४ अल्ट्राले धेरै सुधारहरू गर्ने वाचा गरेको भए तापनि तिनीहरू साँच्चै इनोभेटिभ (नवीनता भएको) हो वा ट्रेन्ड–बेस्ड (प्रवृत्ति) मा मात्रै आधारित छन् भन्ने कुराको वस्तविकता फेब्रुअरी २०२४ मा यसको लन्चमा खुलासा हुने अनुमान गरिएको छ।

प्रकाशित: ६ भाद्र २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...