
काठमाडौं ।
बल्क एक्विस्टीक वेभ (बीएडब्ल्यू ) चीपमेकर्स एसएमईआईले ह्वावे शीर्ष १० शेयरहाेल्डरहरूमा प्रवेश गर्ने चर्चाहरूलाई अस्वीकार गरेको छ।
नयाँ चर्चाहरूले ह्वावे चीनको बल्क एक्विस्टीक वेभ (बीएडब्ल्यू ) आर एफ फिल्टर निर्माता-सेमीकण्डक्टर साई माइक्रोइलेक्ट्रोनिक्समा शीर्ष १० सेयरधनीहरूमध्ये एक भएको दाबी गरिएको थियो।
तर, एसएमईआईले यस विषयमा विज्ञप्ति जारी गर्दै आफूले कुनै सूचना नपाएको तथा ह्वावे कम्पनीको शीर्ष १० सेयरधनी नरहेको बताएको छ।
जानकारी अनुसार, बेइजिङ साई माइक्रोइलेक्ट्रोनिक्स मे १५, २००८ मा स्थापित भएको थियो। यो मे १४, २०१५ मा शेन्जेन स्टक एक्सचेन्जमा सूचीबद्ध भएको थियो।
भर्खरै, यो डब्ल्यूएएफ आर एफ फिल्टरहरूको ठूलो उत्पादन हासिल गर्ने घोषणाको साथ चर्चामा आयो। चिपले कम प्रतिरोध प्रदान गर्ने तथा रेजोनेटरहरूलाई ओभरहेटिंगबाट रोक्ने उल्लेख छ।
टेक कम्पनीले यस प्रविधिलाई विभिन्न चरणमा प्रशोधन गरी थप परिपक्व सामूहिक उत्पादनमा पुग्ने सोच गरिरहेको छ। ह्वावे सेमीद्वारा बेचेको बल्क एक्विस्टीक वेभ (बीएडब्ल्यू ) आर एफ फिल्टरको सबैभन्दा ठूलो ग्राहक हुन सक्ने पनि उल्लेख छ। यद्दपी, यस विषयमा कुनै आधिकारिक पुष्टि भने छैन।
प्रकाशित: ६ भाद्र २०८०, बुधबार